नेपाल्स स्टार मोडल २०१९’को आवेदन खुल्ला

इनेप्लिज २०७६ वैशाख २७ गते २१:४६ मा प्रकाशित

काठमाडौं – ‘नेपाल्स स्टार मोडल’को चौथो सिजन सुरु भएको छ । आयोजक सिद्दि मिडियाले बिज्ञप्ती जारी गर्दै ‘नेपाल्स स्टार मोडल २०१९’को आवेदन खुल्ला भएको जनाएको छ ।

देशभरका १६ देखि ४० बर्षसम्मका बिवाहित, अबिवाहित महिला तथा पुरुषले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । प्रतियोगितामा बिद्यार्थी, गृहणी, घरायसी, कामकाजी, शिक्षिक कर्मचारी ब्यबसायी लगायत हर तहतप्काका पुरुष र महिलाहरुले भाग लिन पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको पहिलो अडिसन यहि बैशख २८ गते राजधानीमा आयोजना हुदैछ । प्रतियोगिताको छनौट चरणको अडिसनबाट छानिएका प्रतियोगिले मात्र अन्तिम स्पर्धाका लागि एक महिनासम्म विशेष प्रशिक्षणमा सहभागी हुन सक्नेछन् ।

प्रशिक्षणका क्रममा उनीहरुलाई ट्रेनर, सेलिब्रेटी र चर्चित मोडल लगायत प्रशिक्षकबाट सञ्चार कला, पब्लिक स्पिकिङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी लगायत बिभिन्न बिषयमा प्रशिक्षण दिनेछन् ।

प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा सहित बिभिन्न गतिविधीमा समेत सहभागी गराइने जानकारी सिद्दि मिडिया प्रालिका अध्यक्ष अमित शाहले गराए । महिला तथा पुरुषले आफ्नो व्यक्तित्व विकास गर्दै समाजमा आफ्नो महत्वपुर्ण स्थान बनाउन प्रतियोगिता लाभदलायक सिद्ध हुने शाहको बिश्वास रहेको छ ।

प्रतियोगितामा सहभागिताका लागि सिद्धि मिडियाको कार्यलय तथा फेसबुक पेजबाट पनि आवेदन भर्न सकिनेछ । प्रतियोगिताका शिर्ष बिजेताले ३० हजार नगद सहित बिभिन्न उपहार र फष्टअप रनर र सेकेन्ड अप रनरले क्रमश २० र १० हजार नगद सहित बिभिन्न उपहार जित्न सक्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया