मनिला सोताङ्गको आवाजमा मोडल अनिता बैजु। भिडियो सार्वजनिक

इनेप्लिज २०७६ वैशाख २७ गते ११:३० मा प्रकाशित

गायिका मनिला सोताङ्गको आवाजमा रहेको गीत “कसको श्राप पर्यो। .” बोलको गीतको भिडियो सार्वजनिक भएको छ।  पेमा लामाको संगीत र प्रकट पंगेनीको शब्द रहेको गीतमा मोडल अनिता बैजु र नारायण ढुंगेल र शिसा नेवारी लाई अभिनय गराईएको भिडियोमा मोडल अनिता बैजु लाई मेन फिचर गरिएको छ।  आधुनिक गीतमा पनि नयाँ पन थपिएको यस गीतको भिडियो निर्देशन र सम्पादन भने अर्जुन महर्जनले गरेका छन।  भिडियो लाई असोक कार्कीले खिचेका हुन्।  मोडल अनिता बैजु अहिले चर्चामा छिन टेलिफिल्म बाट कलाकारिता सुरु गरेकी उनले डेढ दर्जन बढी म्युजिक भिडियो र दर्जनौ टेलिफिल्महरुमा अभिनय गरिसकेकी छिन।

हाल उनको मेरी बास्सैका राजु मास्टरको निर्देशन रहेको वेब सिरिज “व्हाट ?”  युटुबको ट्रेंण्डिङ्गमा पर्ने गर्दछ।  मोडल अनिता यस गीतको भिडियोलाई लिएर निकै आशाबादी छिन।  मैले थुप्रै डान्स र कमेडी गीतमा गरे तर यो गीत जस्तो इमोसनल गीत भने कमै गरेको छु यसैले पनि यस गीत माथि मैले आशा निकै राखेको छु।  आशा छ दर्शक साथीहरुले मायाँ गरिदिनुहुने छ।

प्रतिक्रिया