डिसी ।नेवा अर्गनाइजेसन अफ अमेरिका(एनओए)को १८ औ राष्ट्रिय सम्मेलनको लागि तयारी भब्य रुपमा भै रहेको जनाएको छ । आगामी मे २५ ,शनिबार २०१९ का दिन मेरिल्याण्ड राज्यको बेथेसठा शहरमा हुने हुने छ ।
यसका लागि अमेरिका भर ५ वटा शाखा समेत रहेको एएनओ ले विभिन्न राज्यहरु बाट सहित सहभागिता हुने भएको छ । गत अप्रिल २७ का दिन भर्जिनियाको फेयर फ्याक्समा सम्पन्न आजीवन सदस्य कदर तथा प्रशंसा कार्यक्रममा समेत यस बिषयमा छलफल समेत गरिएको थियो ।
डिसीमहानगरमा हुने १८ औ एनओए राष्ट्रिय सम्मेलन हुने भएकोले यस क्षेत्रका सबै समुदाय सदस्यहरुलाई सहभागी हुन् आव्हान गरेका छन् । यस बर्षको सम्मेलनको नारा ” नेवा एक्सपेट्रीएट : च्यालेञ्जेज,अपरचुनिटि एण्ड ससटेनेबिलिटी इन कल्चरल ड़ाईभरसिटि ‘ अर्थात् प्रवासी नेवा : सांस्कृतिक विविधतामा चुनौती, अवसर र स्थिरता राखिएको छ । सम्मेलनमा वक्ताहरुको समूह -बहस छलफल कार्यक्रम समेत हुने जानकारी ईनेप्लिजलाई एनओएका अध्यक्ष पुस्कर प्रजापतिले बताए ।
यस पटक प्रसिद्ध नेवा स्कलर (भाषा बिज्ञ/अध्येता )अनुसन्धानकर्ता डा प्रा चुन्डा बज्राचार्य नेपाल बाट प्रमुख वक्ताको रुपमा आउनु हुने भएको छ । बज्राचार्य नेपाल भाषा ,साहित्य तथा संस्कृतिका बिज्ञ हुनु हुन्छ ।
अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्की /( बिद्या वारिधि ) प्रमुख अतिथि रहनु हुनेछ । सम्मेलनमा नेवा समुदायको प्रसिद्ध खाजा तथा रात्री भोज समयबजी ,भोये नेवा परम्परा अनुसार सत्कार गरिने छ ।
सम्मेलनमा प्रसिद्ध कलाकारहरु संजीप प्रधान,सृजन ताम्राकार ,लोचनी तारा शाक्य तथा स्थानीय कलाकरहरुको प्रस्तुति हुनेछ ।
ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।
प्रतिक्रिया