नव निर्वाचित उपनगर प्रमुख(भाइस मेयर)किरण सिटौलाको सपथ ग्रहण कार्यक्रममा नेपाली समुदायलाई सहभागी हुन् अनुरोध

इनेप्लिज २०७६ वैशाख २६ गते २२:४६ मा प्रकाशित

मेरिल्याण्ड राज्यको टाउन अफ इण्डियन हेड नगरपालिकामा उप नगर प्रमुख(भाईस मेयर) मा दोश्रो पटक बिजयी भएका किरण सिटौलाले आगामी मंगलबार मे १४ का दिन मेरिल्याण्डमा सपथ ग्रहण कार्यक्रम लिने भएका छन् ।

उक्त कार्यक्रममा डिसी महानगर क्षेत्रमा बसोबास गर्नु हुने सबै नेपाली समुदायलाई नव निर्वाचित उप नगर प्रमुख सिटौलाले सहभागी हुन् अनुरोध गरेका छन् । सप्ताहको मध्य दिन मंगलबार परेकोले ईच्छुक सबैलाई आमन्त्रण यसै बाट संदेश दिएका छन् ।

अमेरिकी मुलधारको राजनीतिमा नेपाली मूलका ब्यक्ति सार्वजनिक पदमा सबैभन्दा पहिला उप नगर प्रमुख (भाइस मेयर )मा निर्वाचित भै ईतिहास कायम गर्ने पहिलो नेपाली पनि हुन् । टाउन अफ इण्डियन हेड नगरपालिकाको लागि चुनावी मैदानमा ६ जना उम्मेदवार मध्ये सिटौलाले दोश्रो ज्यादा मत ल्याए पछि उनि उप नगर प्रमुखमा निर्वाचित भएका हुन् ।

सबै भन्दा ज्यादा मत ल्याउने नगर प्रमुख ,मतमा दोश्रो हुने उप नगर प्रमुख तथा मतमा तेश्रो हुने नगर परिसद सदस्य हुने हुनाले सिटौला दोश्रो पटकको लागि उप नगर प्रमुखमा निर्वाचित हुन् सफल भए ।

२४ बर्ष अगाडी अमेरिका आएका ४५ बर्षिय सिटौलाले अर्को ४ बर्षको कार्यकाल सम्म सेवा गर्ने अवसर पाएका छन् । बुढानिलकण्ठबाट १० कक्षा उत्रिण गरे पछि उच्च शिक्षा को लागि अमेरिका आएका सिटौलाले युर्निभसिटी अफ मेरील्याडबाट डेटावेस टेक्नोलोजीमा स्नाकोत्तर गरेका छन् । हाल मेरिल्याण्ड आन्तरिक राजश्व विभागमा सूचना सेवामा कार्यरत छन् ।

काठमाडौंको नक्सालमा जन्मिएका सिटौला विश्व बैंकका साथै अमेरिकी पत्रिका ‘युएसए टुडे’ मा वितरक व्यवस्थापक रुपमा काम गरेका थिए । सिटौला आफू बसोबास रहेको क्षेत्रमा स्थानीय इण्डियन हेड इलिमेन्ट्री बिद्यालयमा विज्ञानसम्बन्धी अतिरिक्त क्रियाकलाप सम्बन्धी स्वयम् सेवकका रुपमा काम गर्दै आएका छन् ।

सिटौला बुढानिलकण्ठका पूर्व विद्यार्थीहरुको संगठन सेब्स उत्तर अमेरिकाको संस्थापक अध्यक्ष पनि हुन् ।

ठेगाना यस प्रकार छ :  100 Walter Thomas Rd,Indian Head ,MD 20640 ,Time : 7.00 pm ,Tuesday,May 14 ,2019 

 

प्रतिक्रिया