शनिबार, साउन ४ २०७६
काठमाडौं ०४:३६
वासिङटन डिसी 18:51

मुम्बई इण्डियन्स आईपीएलको फाइनल प्रवेश

इनेप्लिज २०७६ वैशाख २५ गते ११:१७ मा प्रकाशित

नयाँदिल्ली, २५ वैशाख । मुम्बई इण्डियन्स आईपीएलको फाइनलमा प्रवेश गरेको छ । पहिलो क्वालिफायरमा चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराउँदै मुम्बई फाइनलमा पुगेको हो ।

चेन्नईस्थित एमए चिदम्बरम मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउँदै १३१ रन बनाएको थियो । अम्बाती रायुडुले अविजित ४२ रन बनाए भने महेन्द्रसिंह धोनीले अविजित ३७ रन बनाए । त्यस्तै मुरली विजयले २६ रन जोडे ।

१३२ रनको लक्ष्य मुम्बईले ९ बल बाँकी रहँदा ६ विकेट गुमाएर पूरा गर्यो । मुम्बईका लागि सूर्यकुमार यादवले अविजित ७१ रनको उत्कृष्ट इनिङ खेले । यस्तै इशान किसनले २८ तथा हार्दिक पाण्ड्याले १३ रन बनाए ।

जितसँगै मुम्बई फाइनलमा प्रवेश गरेको छ भने चेन्नईले दोस्रो मौका पाएको छ । हैदराबाद र दिल्लीबीचको विजेतासँग चेन्नईले प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया