बिष्णु माझी र बिबि गुरुङको स्वरमा ‘फूल जस्तै’ गीत सार्वजनिक

इनेप्लिज २०७६ वैशाख २४ गते १:४९ मा प्रकाशित

काठमाडौं । गायक बिबि गुरुङ (बलबहादुर) को प्रस्तुती रहेको लोक तथा दोहोरी गीत हो ‘फूल जस्तै’ सार्वजनिक भएको छ ।राजधानीमा सोमबार पत्रकार सम्वेलन गरि ‘फूल जस्तै’ गीत सार्वजनिक गरिएको हो ।

गीतमा नेपाली लोक संगीत क्षेत्रका अब्बल सर्जक, गायक तथा मोडल सुजन लम्सालको शब्द तथा संगीत रहेको छ । ‘फूल जस्तै’ लोक तथा दोहोरी गीतमा गायक बिबि गुरुङ (बलबहादुर) र लोक किन्नरी गायिका बिष्णु माझी सुमधुर स्वर रहेको छ । जसमा कोरस स्वर गायक प्रसाद खप्तरि मगर, यज्ञ बिक, बाब’ कृष्ण पिरयार, गायिका मनमाया वाईबा, सरु थापा र बिन्दा परियार रहेको छ ।

मारुनी स्टुडियोमा रेकर्ड गरिएको ‘फुल जस्तै’ गीतलाई कुमार रानाले मिक्सिङ गरेका हुन् भने एरेन्जर कृष्ण बिक ‘भान्जा’ले गरेका हुन् । जसको रेकर्डिस्ट सुमन राना हुन् । गीतको म्युजिक भिडियोतर्फ बिपी फिल्मस्को निर्माणमा छायांकन गरिएको हो ।

भिडियोलाई मौसम हिमालीको निर्देशनमा श्याम घिमिरे र जुना सुन्दास लगायतको नृत्य तथा अभिनय रहेको छ । गीतको भिडियोमा लामो समयको ब्रेकपछि चर्चित मोडल श्याम घिमिरेलाई पुनः कम्ब्याक गराईएको छ ।

जसमा करिब सय जना कोरसको नृत्य देख्न पाइन्छ । करन चैसिरको छायांकन रहेको ‘फूल जस्तै’ लाई प्रविन भट्टले सम्पादन गरेका ह’न् । ‘फुल जस्तै’को म्युजिक भिडियोमा श्रृङ्गार अनिमेश र सरिता, ड्रेस डिजाइनमा इछाराम र राजेन्द्र, सेट डिजाइन मनिक रहेका छन् । ‘फूल जस्तै’ गीतमा निकै मिठास शब्दहरु चयन गरिएको छ । गीत सार्वजनिक कार्यक्रम सामान्य तरिकाबाट गरिएको थियो । कुनै पनि तडकभडक नगरि गीतको अडियो, भिडियोका युनिट र पत्रकारहरुको मात्र उपस्थित सार्वजनिक गरिएको हो ।

 

प्रतिक्रिया