बिश्व प्रसिद्ध चर्चित गल्फ खेलाडी टाइगर वुड्सलाई स्वतन्त्रताको पदक द्वारा सम्मानित भएका छन् । उनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा सम्मान भएका हुन् । अमेरिकाको उच्च नागरिक सम्मान द्वारा वुड सम्मानित हुन् पुगेका छन् । राष्ट्रपति ट्रम्पले सोमबार वुड्सलाई “सत्य ख्याती प्राप्त व्यक्ति तथा असाधारण एथलीट” भनि प्रशंसा गरे । जसले गल्फ खेललाई रुपान्तरण गरे र नयाँ स्तरको प्रभुत्व हासिल गरे भनि उनको चर्चा गरे ।
वुड्सले उक्त सम्मान पाउन साथ उनलाई बधाई दिनेको ओईरो लागेको छ भने वुड्स जस्तै सम्मान पदक पाउने ज्याक निक्लसले सामाजिक संजाल मार्फत बधाई दिएका थिए । ४३ बर्षिय वुड्सले गत महिना ५ औ प्रधान उपाधि प्राप्त गरेका थिए । ट्रम्प द्वारा सम्मानित भए पछि बोल्ने क्रममा भाबुक पनि बनेका थिए । उनले मातापिता तथा उनलाई बर्षौ देखि समर्थन गर्ने सबैलाई धन्यबाद दिए ।
उनले आफ्ना कुराहरु राख्दै तपाईहरुले राम्रो र नराम्रो ,उच्च र निम्न देख्नु भएको छ ,तपाई बिना यो स्थानमा तपाईको सहायता बिना आफू पुग्ने थिइन् भने । यो मेडल अफ फ्रिडम नामक पदक पाउने उनि चौथो व्यवसायिक गल्फ खेलाडी हुन् ।
पूर्व राष्ट्रपति जर्ज डब्लु बुशले मेडल अफ फ्रिडम निकलस तथा आर्नोल्ड पामरलाई प्रदान गरेका थिए भने पूर्व राष्ट्रपति बराक ओबामाले चार्ली सिफोर्ड’ लाई प्रदान गरेका थिए । मेडल अफ फ्रिडम यस्ता व्यक्तिहरुलाई प्रदान गरिन्छ जसले ‘ बिशेष रुपले सयुक्त राज्य अमेरिका ,राष्ट्रको सुरक्षा तथा कल्याणको लागी सराहनीय योगदान गरे वापत,बिश्व शान्ति या सांस्कृतिक तथा अन्य महत्वपूर्ण योगदान निजि तथा लोक कल्याणको प्रयास गरे वापत प्रदान गरिन्छ भनि व्हाइट हाउसले जनाएको छ ।
कस्लाई पदक बाट सम्मान गरिने भन्ने कुराको सम्पूर्ण अधिकार राष्ट्रपतिहरुमा निहित हुन्छ भनि ईएसपीएनमा समाचार छ ।
तस्बिर कृतज्ञता “एपी ” का म्यानुएल बाल्स सिनेटा
प्रतिक्रिया