परदेशीको पिडा बोकेको गीत ( भिडियो )

इनेप्लिज २०७६ वैशाख २३ गते १०:५५ मा प्रकाशित
” किन दुख्छ ” ” चाहे माया गर ” ” जय नेपाल ” जस्ता चर्चित गीतका गायक शिव लामिछाने सिवाजको नयाँ गीत ” परदेशी आउ है फर्केर ”  रिलिज भएको छ। नेपालीहरुले बिदेश बस्दा भोग्ने पिडा र दुख  गीतको भिडियोमा देखाइएको छ। धन कमाएर नेपाल फर्किन्छु भन्दा भन्दै बाध्यतामा परेका नेपाली जो आफन्त र  प्रीय मान्छेलाई सम्झिदै बसेका हुन्छन् उनीहरु  प्रति समर्पित गर्दै बिश्व श्रमिक दिवसका दिन गीतको भिडियो सार्वजनिक गरिएको हो।
यस गीत स्वर , शब्द र संगीत गायक शिव लामिछानेको रहेको छ भने एरेन्जमेन्ट सुरज बिकले गरेका हुन। विवेक खड्काले खिचेको भिडियोमा जीवन , सुनिता , सुक्मित  र रोजिनाको अभिनय रहेको छ। प्रविन श्रेष्ठले भिडियो सम्पादन गरेका हुन। कसम नेपालको कन्स्पेट र निर्देशनमा भिडियो तयार भएको हो।
गायक लामिछाने द अर्थ ब्यान्डका भोकलिस्ट , कृपा फाउन्डेसनका अध्यक्ष तथा बराह जवेलरी  इन्डस्ट्रीजका अध्यक्ष समेत हुन।

प्रतिक्रिया