मंगलबार, असार ३ २०७६
काठमाडौं १७:०९
वासिङटन डिसी 07:24

भर्जिनियाको फेयरफ्याक्स क्षेत्रमा प्रभातकालीन या साँझ कालिन टहल गर्दा महिलाहरु माथि अनुचित शारीरिक आक्रमण

पैदल हिड्दा सावधानी अपनाउनु पर्ने

विजय थापा २०७६ वैशाख १९ गते १:४९ मा प्रकाशित

भर्जिनियाको फेयरफ्याक्स क्षेत्रमा प्रभातकालीन या साँझ कालिन टहल गर्दा महिलाहरु माथि अनुचित शारीरिक आक्रमणका शिकार भएका छन् ।  यस्ता कैयन घटना बाहिर आउदैन ।

भर्जिनियाको सेन्टरभिल क्षेत्रमा गत अप्रिल १८ का दिन ब्राडक रोड सल्ली ड्राईभ नजदिक ३:३० मिनेटमा एक महिलालाई जबर्जस्ती समातिएको र अर्को महिलालाई अनावश्यक रुपमा छोएको समाचार स्थानीय संचार माध्यमले प्रकाशित गरेका छन् ।आक्रमणकारीले अनुचित रुपमा छोएर भागेको पीडित महिलाले बताएकी छिन ।

यसै गरि ईसि लरेन्स पार्कमा करिव ६:३० बजे एउटा युवा पुरुषले अंगालो हाल्न मागेको बताईन । उक्त पुरुष पछाडीबाट आएको र स्वेत पुरुष भएको अन्दाजी २० बर्षको चस्मा लगाएको कालो कपाल हुलिया भएको पिडित महिलाले बताएकी छिन ।

दुवै घटनामा २० बर्ष उमेर कै संलग्न रहेको ठहराइएको छ । प्रहरीले यस सम्बन्धमा अनुसन्धान जारी राखेको छ ।

तर यसो गर्दा आफू जोगिने र बचिने भनि मूल मन्त्र दिइएको छ । जुन ठाउँ तपाई परिचित हुनु हुन्छ भने मात्र दौडिने र पैदल हिड्न आग्रह गरिएको छ । यदि तपाई नचिनेको स्थानमा दौडिने या टहल गर्ने ईच्छा छ भने साथी संग आउन अनुरोध समेत गरिएको छ । तपाईले तपाई कहाँ हुनु हुन्छ कसैलाई भन्न आग्रह गरिनुको साथै जुन स्थानमा दौडिने र टहल गर्ने ईच्छा राख्नु भएको छ भने वरिपरि राम्रो संग हेर्न अनुरोध गरिएको छ ।

श्रोत :डब्लुटिओपी  तस्बिर “वाचफिट डटकम’

प्रतिक्रिया