आइतबार, कार्तिक ३ २०७६
काठमाडौं ०७:०८
वासिङटन डिसी 21:23

नर्थ क्यारोलिना विश्वविद्यालयको गोलीबारीमा दुईको मृत्यु

चार घाईते, तीनजनाको अवस्था चिन्तजनक

यादवराज जोशी २०७६ वैशाख १८ गते ३:१३ मा प्रकाशित

यादवराज जोशी

नर्थ क्यारोलिना विश्वविद्यालय श्र्यालोटमा मंगलबार साँझ भएको गोलीबारीमा दुईजनाको मृत्यु भएको छ । गोली लागेर चारजना घाईते भएकोमा तीनजनाको अवस्था चिन्तजनक छ ।

मंगलबार विश्वविद्यालय कक्षाको अन्तिम दिन थियो । “आश्चर्यजनक दुःखको घटना,” पत्रकार सम्मेलनमा प्रहरी प्रमुख जेफ्री ए बेकरले भने, “हाम्रो क्याम्पसमा यस्तो घटना भयो ।” विश्वविद्यालय प्रहरीले गोलीबारीको आशंकामा एकजनालाई पक्राउ गरेको छ ।

गोलीबारीको घटना साँझ ५ः४० बजे भएको थियो । गोलीबारीपछि प्रहरीले विश्वविद्यालय परिसर कब्जा गरी विद्यार्थीलाई कक्षा कोठा वा सुरक्षित स्थानमा बस्न निर्देशन दिएको थियो । विद्यार्थीहरुलाई राती ८ बजे विश्वविद्यालयबाट बाहिर जान अनुमति दिइएको थियो ।

गोली चलाउने विश्वविद्यालय छाडेका २२ वर्षिय विद्यार्थी ट्रइस्टेन टेरेल भएको डब्लुसिएनसीले जनाएको छ । विद्यार्थीको प्रस्तुती भइरहेको बेला गोली चलेको थियो ।

स्रोतः दि वासिड.टन पोस्ट, एजेन्सीहरु

प्रतिक्रिया