शनिबार, साउन ३२ २०७६
काठमाडौं १६:१५
वासिङटन डिसी 06:30

एसाईलम कडा बनाउन ट्रम्पको निर्देशन

एसाईलममा शुल्क लगाउने, एकसय ८० दिन भीत्र फैसला

यादवराज जोशी २०७६ वैशाख १७ गते १:५० मा प्रकाशित

 

यादवराज जोशी|अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एसाईलम कडा बनाउन निर्देशन दिएका छन् । सोमबार साँझ जारी गरिएको मेमोमा एसाईलम केस हेर्ने पद्धतिमा पूर्ण परिवर्तन गर्न निर्देशन दिइएको छ ।

एसाईलम सम्वन्धि ट्रम्पको मेमोमा एसाईलम आवेदनमा शुल्क लगाउने र इमिग्रेसन कोर्टले सुनाउनु पर्ने उल्लेख छ । ट्रम्पको यो मेमो सन् २०२० को राष्ट्रपतीय निर्वाचनलाई लक्षित गरी आएको दि वासिड.टन पोस्टले जनाएको छ ।

ट्रम्पले जारी गरेको मेमोमा भनिएको छ , “हाम्रो लक्ष्य एसाईलमको दुरुपयोग हटाई एसाईलम प्रक्रियालाई बलीयो बनाउने हो ।” मेमोले सेक्रेटरी अफ होमल्याण्ड र एटर्नी जनरललाई एसाईलम प्रक्रियामा आवश्यक परिवर्तन सम्वन्धमा सुझाव दिन ९० दिनको समय दिएको छ ।

यसअघि गत साता ट्रम्पले यस्तै मेमो जारी गरी भीसा समयभन्दा बढी अमेरिका बस्ने प्रवृति निरुत्साहित गर्न सेक्रेटरी अफ होमल्याण्डलाई निर्देशन दिएका थिए ।

प्रतिक्रिया