बुधबार, असोज २९ २०७६
काठमाडौं ०४:१५
वासिङटन डिसी 18:30

बाल कलाकर समेत रहेका श्रियंशलाई कराते प्रतियोगितामा दुई स्वर्ण पदक

इनेप्लिज २०७६ वैशाख १७ गते १:४१ मा प्रकाशित

हाल न्यू योर्क निवासी तथा नेपाली चलचित्रमा बाल अभिनय समेत गरेका १३ बर्षिय श्रीयन्श तिमील्सिनाले कराते प्रतियोगितामा दुई स्वर्ण पदक हात पारेका छन । उनले काता तथा कुमिते दुबैमा स्वर्ण पदक प्राप्त गरेका हुन् ।

गत अप्रिल २८ २०१९ आइतबारका दिने हिराल्डोकाई अन्तराष्ट्रिय कराते च्याम्पियन्शिपमा उक्त पदक पाएका हुन् । उक्त प्रतियोगिता न्यू योर्कको कुइन्श काउन्टी कोएल्म्कोर केन्द्रमा हिराल्डोकाइ शोबुकान कराते सघको आयोजनामा सम्पन्न भएको थियो ।

प्रतियोगिता बिश्व कराते महासघ,अमेरिकन कराते महासघ र युएसए.कराते महासघको २५ जना भन्दा बढी निर्णायक तथा जर्ज (न्यायकर्ता)हरुको सहभागगिता मा ३०० जना भन्दा बढी खेलाडिहरु सहभागिता रहेको थियो ।

श्री यन्शले १३ बर्षको उमेर समूहमा उक्त पदक पाएका हुन् ।

प्रतिक्रिया