उप नगर प्रमुख किरण सिटौला चुनावी मैदानमा तर उनले लेखे यस्तो संदेश (अंग्रेजी सन्देश पनि संलग्न )

विजय थापा २०७६ वैशाख १७ गते १:०३ मा प्रकाशित

 

अमेरिकामा नेपाली समुदायको ईतिहासमा मेरिल्याण्ड राज्यको इण्डियन हेड सिटीको नगर उप प्रमुखमा निर्वाचित भएका किरण सिटौला इण्डियन हेड सिटीको लागि पुन उम्मेदवार बनेका छन् ।

उनले पुरानै नीति अपनाई रहेका छन् । यस पटक पनि कसै संग हात नफैलाउने र प्रचारवाजी मुखी नबाउने लक्ष्य सहित घर दैलो अभियान र सामान्य रुपमा चुनावमा होमिएका छन् । अमेरिकी मुलधारको राजनीतिमा नेपाली मूलका ब्यक्ति सार्वजनिक पदमा निर्वाचित हुने सिटौला पहिलो ब्यक्ति हुन् । तर यस पटक उनले अमेरिकाको डिसि महानगर क्षेत्रका नेपाली समुदायलाई संदेश लेखेका छन् ।

आज म जहाँ छु त्यो मैले नेपालमा त्यस्तो शिक्षा नलिएको भए म यहाँ र यो अवस्थामा हुने थिइन् । साथै मलाई मेरो परिवारको साथ कै कारण म आनन्द लिई रहेको लेखेका छन् ।

उनले अगाडी लेखेका छन् , मेरो यात्रा मित्रताको बलियो सम्बन्धको कारण मात्र सम्भव भएको हो । मैले सत्य बोलेर नै नेपाली आप्रवासी समुदायको साथ मेरो सम्पूर्ण जीवनमा विकास गरेको छु र विश्वासको निर्माण र आवश्यकताको समयमा एकअर्कालाई सहयोग गर्नको लागि ।

उनि अगाडी लेख्छन ,मे ५, २०१५ मा अमेरिकामा नेपाली समुदायको ईतिहासमा मेरिल्याण्ड राज्यको इण्डियन हेड सिटीको नगर उप प्रमुखमा प्रत्यक्ष निर्वाचित भएको जनाएका छन् ।

म सम्मान साथ भन्न चाहन्छु आज हामीसंग मेरिल्याण्ड राज्यको बिधानसभा सदस्यमा एचबि ह्यारी भण्डारी ,भर्जिनिया हे मार्केटका लागि नगर परिषद सदस्य मधु पन्थी र भर्जिनिया हर्नडन शहरका लागि नगर परिषद सदस्य प्रदिप ढकाल छ्न । मलाई आशा छ सरकारका विभिन्न तह र स्तरमा हाम्रो प्रतिनिधित्व हुने छ । आफूले आफ्नो शहरमा इमान्दारिता ,सत्यनिष्ठा तथा दूरदर्शिता साथ सेवा गरेको भन्दै जुन मैले चाहेको थिए त्यस अनुसार काम गरेको भनाई राखेका छन् ।

उनि भन्छन , अब फेरी एक पटक एक कार्यकाल फेरी निर्वाचित हुन् चाहेको ईच्छा गरेको जनाएका छन् । तर यस पटक नगर प्रमुख हुन् चाहेको र अत्यधिक मत ल्याई बिजयी हुन् चाहेको संदेश दिएका छन् ।

मलाई थाहा छ तपाईहरु मध्ये धेरै जाना स्थानीय राजनैतिक तथा जन सेवामा संलग्न हुन् चाहनु हुन्छ तर कसरी गर्ने भन्ने कुरामा तपाईलाई थाहा छैन । यदि तपाई यो मौका चाहनु हुन्छ भने मेरो चुनावी अभियानमा सहयोग गर्न चाहनु हुन्छ भने तपाईले अवसर पाउनु हुने छ भनि लेखेका छन् ।

मलाई कुनै आर्थिक सहयोग चाहिदैन किनकी यो सानो स्तरको निर्वाचन हो । आगामी मे ७ मंगलबारका दिन निर्वाचन हुदैछ । यदि तपाई एक दिनको लागि स्वयम् सेवक रुपमा मेरो निर्वाचन अभियानमा सहयोग गर्न चाहनु हुन्छ भने म साच्चै नै कदर तथा प्रशंसा गर्ने छु भनि अनुरोध गरेका छन् ।

यदि तपाई म संग सम्पर्क गर्न चाहनु हुन्छ भने मेरो सम्पर्क संख्या ३०१ -२६६ -००२३ बाट सम्पर्क गर्न सक्नु हुने छ भनि बिधुतिय डाक (ईमेल )दिएका छन्  । उनको ईमेल : [email protected]. हो ।
यदि कामका दिनहरुमा सम्भव नभएमा मे ४ शनिबारका दिन स्वयम सेवक रुपमा र आइतबार मे ५ का दिन आउन सक्नु हुने छ भनि यो संदेश सिटौलाले ईनेप्लिज मार्फत दिएका छन् ।

यदि तपाईका बाल बालिका माध्यमिक तथा उच्च माध्यमिकमा अध्ययनरत छन् र यदि उनीहरु स्थानीय स्तर तथा जन सेवा गर्न उत्साह छ भने ल्याउन समेत अनुरोध गरेका छन् । यदि कसै संग यातायातको साधन छैन भने म त्यो यातायातको व्यवस्थापन समेत गर्ने छु भनि किशोरकिशोरीलाई हौशला प्रदान गरेका छन् ।

 

I would not be where I am today had it not been for the education that I received in Nepal and the family support that I continue to enjoy.. My journey so far was only possible because of strong bonds of friendship that I have developed throughout my life with our Nepali immigrant Community by speaking the truth, building the trust and helping each other in times of need. On May 5th, 2015, I was honored to be elected as the first person of Nepali origin through direct election as a Vice Mayor of the Town of Indian Head. Today I’m honored to say we now have MD State Delegate, Honorable H.B. Bhandari, Honorable Councilmember Madhu Panth in Town of  Hay Market Virginia and Honorable Council Member Pradip Dhakal in Town of Herndon. I hope many more will join this road to representation at various levels of government in the coming days and years. I have served my town with honesty, integrity and a vision that was forward-looking. Now I’m looking to be re-elected for one more term and this time I want to be the Mayor of my beloved Town of Indian Head by securing maximum votes.
I know a lot of you would like to get involved in public service or local politics but do not know how. If you would like to be part of my campaign and help me then it is your chance as well. I will NOT need financial support as this is small enough election. Our election is on May 7th, Tuesday this year. So if you’d like to volunteer and help me in my campaign for that one day I will truly appreciate it. I can be reached at 301-266-0023 or respond to me via email [email protected]. If a weekday is not feasible and is working day for you then you can also come and volunteer this Saturday, May 4 and or on Sunday 5th if you are free. Do bring your child if they are in middle school or high school and if they want to learn more about local government or have a passion for public service. I will arrange for carpool for those who do not have transportation.
Sincerely,

—————————————-

Kiran “Ron” Sitoula
8 Riverwatch Ln, Indian Head, MD 20640
Vice Mayor – Town of Indian Head, MD

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया