पत्रकार अर्जुनलाई के-के गर्यो प्रहरीले ? पिसाब फेर्न जाँदा पनि छोडेनन् ! पोखरा आएर गरे यस्तो खुलासा

इनेप्लिज २०७६ वैशाख १६ गते २३:५९ मा प्रकाशित
पोखरा । समाचार लेखेकै आधारमा जवरजस्त विद्युतिय कारोवार ऐनको शिकार बनाईएका ताण्डव साप्ताहिकका सम्पादक पोखरेली पत्रकार अर्जुन गिरी काठमाण्डौ जिल्ला अदालतको आदेश पछि साधारण तारिखमा घर फर्किएका छन् ।
वैशाख २ गते पोखराबाट पक्राउ परेका पत्रकार गिरीलाई सोही दिन कास्की प्रहरीले प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो सिआईविको जिम्मा लगाएर काठमाण्डौ पठाएको थियो । विपेन्द्र वतास गठि प्रकरणको समाचार लेखेकै आधारमा उनलाई प्रहरीले गिरफ्टार गरेको हो । उनको गिरफ्तारीलाई गैरन्यायीक र गैर संवैधानिक भनि देशभरिका पत्रकारहरु आन्दोलनमा होमिएका थिए । चौतर्फी विरोध र दवावका कारण उनलाई काठमाण्डौ जिल्ला अदालतको आदेशमा साधारण तारिखमा छोडिएको थियो ।
प्रहरीको कष्टडीमा चार दिन विताएर फर्किएका उनलाई पोखरा विमानस्थलमा भेला भएका पोखरेली पत्रकारहरुले भव्य स्वागत गरेका छन् । तत्पश्चात नेपाल पत्रकार महासंघ कास्कीद्धारा आयोजित स्वागत कार्यक्रममा बोल्दै पत्रकार गिरीले विभिन्न वाहानामा प्रहरीले आफुलाई मानसिक दवाव दिएको बताए । सत्य र न्यायका पक्षमा कमल चलाउदा समेत आफुलाई षडयन्त्रमुलक ढंगले फसाउने असफल प्रयत्न गरिएको प्रति उनले दुख समेत व्यक्त गरे । प्रेस काउन्सीलका केही कर्मचारीको कमजोरीका कारण आफुले झन धेरै कष्ठ सहनु परेको उनले उल्लेख गरे ।
जवरजस्त कलम बन्द गर्ने चेष्टा गरिएको प्रति खेद प्रकट गर्दै पत्रकार गिरीले प्रहरीको नियत माथी नै शंका व्यक्त गरेका छन् । समाजका ठग, भ्रष्ट र वेईमानहरुका विरुद्धको आफ्नो यात्रा कुनै हालतमा नरोकिने उनले डृढता व्यक्त गरे ।

प्रतिक्रिया