पथरी घटनाको बास्तविकता पत्ता लगाउन संघर्ष समिति गठन भोली पथरी वन्द चरण वद्ध आन्दोलनको घोषणा

गोपाल काफ्ले पथरी २०७६ वैशाख १६ गते २१:५० मा प्रकाशित

 

मोरङको पथरीशनिश्चरेमा शनिबार बिहान नग्न अबस्थामा मृत भेटिएकी ब्यबसायी २९ बर्षिया रुपा (रिना) बस्नेतको घटनाको बास्तबिकता सार्बजनिक गर्न माग गर्दै आल्दोलन गरेको समितिले सोमबार संघर्ष समिति गठन गर्दै चक्काजाम फिर्ता लिएको छ ।

मंगलबार बिहान ९ बजेसम्म प्रहरीले सत्यतथ्य सार्बजनिक नगरे थप संघर्षका कार्यक्रम घोषणा गर्ने गरी उद्योग बाणिज्य संघ पथरीकी पुर्ब बरिष्ठ उपाध्यक्ष कविता पराजुलीको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति गठन गरिएको छ ।सो समितिले गत फागुन १६ गते मृत अवस्थामा फेला परेको स्थानिय वडा नम्वर ७ का षडराज तामाङको परिवारले अहिले सम्म न्याय पाउन नसकेका कारण सोको पनि प्रशाशनले उचित छानविन गर्नु पर्ने माग गरेको छ ।

दिनप्रतिदिन हत्या र हिंसा बढेको भन्दै पथरीका ब्यबसायी सहित स्थानीय सोमबार सडकमा उत्रिएका हुन ।सडकमा टायर बालेर उनीहरुले नाराबाजी समेत गरेका छन । बिरोधका कारण पुर्बपश्चिम राजमार्ग समेत केही घण्टा अबरुद्ध भएको थियो ।

सोमबार बिहान १० बजे उद्योग बाणिज्य संघको पहलमा ध्यानाकर्षण पत्र बुझाए सँगै प्रहरी प्रशासनले गुनासो सुन्न नखोजे पछि स्थिती तनाव ग्रस्त भएको थियो । आन्दोलित स्थानियले महेन्द्र राजमार्ग अन्तर्गत पथरी सडक खण्ड अबरुद्द गर्दै नाराबाजी गरेका थिए । आक्रोशित भिडले इलाका प्रहरी कार्यलय पथरीका प्रहरी निरीक्षक कमल बजगाँईको राजीनामा समेत माग गरेका छन् ।

आक्रोशित भिडले हत्यारालाई कार्बाही गर महिला हिंसा अन्त्य गर शान्ती सुरक्षा कायम गर, प्रहरी प्रशासन मुर्दावाद लगायतका नाराबाजी गरेका थिए । सडक जाम गर्ने क्रममा प्रहरी र स्थानीयबिच झडप समेत भएको छ । शनिबार बिहान नग्न अबस्थामा मृत फेला परेकी रुपा बस्नेतका आफन्त र स्थानीय बासिन्दाले प्रहरीबिरुद्ध प्रर्दशन गर्नुका हत्यारा पक्राउ गर्न माग समेत गरेका छन ।

शुक्रबार राति पथरी १ मा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी २९ बर्षिया रिना बस्नेतको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही नगरेको भन्दै पथरी अशान्त बनेको हो । प्रर्दशनमा उत्रिएका स्थानीयले नाराबाजी सहित राजमार्ग बन्द गरेका हुन ।

प्रतिक्रिया