दुई भाषामा बन्यो छार ग्यालम, बैशाख १६ मा विशेष प्रदर्शन

इनेप्लिज २०७६ वैशाख १६ गते २१:२७ मा प्रकाशित

काठमाडौ । तामाङ्ग तथा नेपाली भाषामा पहिलो पटक निर्माण गरिएको कथानक चलचित्र “छार ग्यालम अर्थात “नयाँ बाटो” लाई चलचित्र सेन्सर बोर्डले पिजि सर्टिफिकेट दिएको छ । कोशीपारी फिल्मस प्रा.लि. को ब्यानरमा धन बहादुर तामाङ्ग (सागर) ले निर्देशन गरेको उक्त चलचित्रको सेन्सर भए सङ्गै प्रदर्शनको लागि समेत अनुमती पाएको छ ।

नेपाली समाजमा ब्याप्त एकले अर्का प्रतिको ईर्ष्या तथा द्वेश र सम्पन्नले बिपन्न माथी गर्ने थिचोमिचोका विरुद्ध नयाँ बाटो स्थापना गरेर युवा पिढीलाई हिडाउन चेतना बिस्तार गर्ने कथा बोकेको यस चलचित्रमा कुमार मोक्तान, सुनिता लुङ्बा, राजिव तामाङ्ग (राहुल), सङ्गीता दोङ्ग, लक्षमण बिक्रम बस्नेत, प्रकाश श्रेष्ठ, छिरिङ्ग तामाङ्ग लगायत कलाकारहरुले अभिनय गरेका छन भने पवित्रा तामाङ्ग र दीपा वाइबा निर्माता र बुद्धमाया तामाङ्ग, इन्द्रमाया तामाङ्ग र कुमारी तामाङ्ग सह-निर्माता रहेका छन । त्यसै गरि बुद्ध स्याङ्बा, प्रदिप न्यासुर र प्रयास दोङको सङ्गीत, रमेश थापा र वीर बहादुर तामाङ्गको नृत्री, राजु किरातको द्वन्द, लक्ष्मण घिमिरेको छायांकन र तुलसी बास्कोटाको सम्पादन रहेको छ ।

नृत्य निर्देशक हुँदै धन बहादुर तामाङ्ग (सागर) ले पहिलो पटक निर्देशन गरेको चलचित्र “छार ग्यालम” यहि बैशाख १६ गतेका दिन रास्ट्रीय नाचघर जमलमा एक समारोहका बिच बिशेष प्रदर्शनी गरिने भएको छ । चाडै नै राष्ट्रिय स्तरमा सार्वजनिक प्रदर्शन गरिने यो चलचित्रले पिजि सर्टिफिकेट पाए सङ्गै १६ वर्ष भन्दा कम उमेरका दर्शकहरुले अभिभावकको साथमा मात्र हेर्न पाउनेछन ।

प्रतिक्रिया