नेप्लिज हिमालयन एसोसिएसनको अध्यक्षमा छेत्री निर्बिरोध

इनेप्लिज २०७६ वैशाख १६ गते २:२५ मा प्रकाशित

बेलायतको स्कटल्यांड एबर्डिनमा स्थापित सबै भन्दा पुरानो नेपाली सामाजिक संस्था नेप्लिज हिमालयन एसोसिएसनको आज सम्पन्न साधारण सभा नबिन छेत्रीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन गर्दै सम्पन्न भएको छ । कार्यसमिति अध्यक्ष लगाएत सचिबमा टंक प्रसाद दाहाल (मुकुल), सहसचिबमा सगुन न्यौपाने, कोसाध्यक्षमा लब सिम्खडा, सहकोशाध्यक्षमा प्रतिज्ञा राना सर्बसम्मत चयन भएका छन भने उपाध्यक्ष पदमा कसैको उमेद्वारी परेन । त्यस्तै सदस्यहरुमा दिलिप उप्रेती, शिव तिवारी, मुना सिम्खडा, भगवान तिवारी, पुस्कर गौतम र राज छेत्री निर्बिरोध निर्बाचित भएका छन्। करिब चार सयको हाराहारी संख्यामा नेपालीहरु रहेको एबर्डिनमा साधारण सभामा भने नेपाली समुदायको उपस्थिति अत्यन्त न्युन रहेको थियो। नयाँ कार्यासमिति गठन गर्ने जिम्मा तिन सदस्सिय निर्बाचन कमिटिलाई दिइएको थियो, जसमा डा मधु सुबेदी, डा सोहन घिमिरे र टक थापा सहभागी थिए ।

यसै बीच नयाँ कार्य समितिको पहिलो बैठक समेत आजै सम्पन्न भएको छ। बैठकले पुरानो कार्य समितिलाई धन्यवाद ज्ञापन गर्ने प्रस्ताब पारित गरेको छ भने रिक्त उपाध्यक्ष पदपूर्ति र सल्लाहकार समिति को गठन आगामी बैठकमा गर्ने निर्णय गरेको छ । पहिलो बैठक मा आगामी दिनमा कसरी नेपालि समुदायको हितमा काम गर्ने भन्ने छलफल भए पनि बिस्तृत कार्य योजना आगामी बैठकले तय गर्ने बताइएको छ।

प्रतिक्रिया