आइतबार, साउन ५ २०७६
काठमाडौं ०४:३४
वासिङटन डिसी 18:49

हिराल्डोकाइ अन्तरास्ट्रीय कराते च्याम्पियन्शिप मा बिमला तामाङ ले जितीन रजत

इनेप्लिज २०७६ वैशाख १६ गते २:०८ मा प्रकाशित

आज अप्रिल २८ २०१९ आइतबार हिराल्डोकाइ अन्तरास्ट्रीय कराते च्याम्पियन्शिप कुइन्श काउन्टी को एल्म्कोर सेन्टर मा हिराल्डोकाइ शोबुकान कराते सघको आयोजनामा सम्पन्न भयो । प्रतियोगिता एल्कोर सेन्टर को GYM हलमा ५ वटा ततामी ( रिङ्ग) मा बिश्व कराते महासघ,  अमेरिकन कराते महासघ र यु .एस. ए. कराते महासघ को २५ जना भन्दा बढी रेफ्री तथा जजहरुको सहभागगिता मा ३०० जना भन्दा बढी खेलाडिहरु सहभागि थियो ।

नयाँ कराते स्कुल स्थापना पस्चात पहिलो पटक सहभागी जनाएको आइ.एम.ए. निहोन कराते डो यु एस ए (IMA Nihon Karate Do, USA) को १२ जना खेलाडिहरुको सहभागिता रहेको थियो र ३ स्वर्ण , ४ रजत र ४ कास्य गरी कुल ११ पदक प्राप्त गर्न सफल भएको छ । । जस मध्ये नेपालको १७ औ एशियाड पदक बिजेता बिमला तामाङले काता तर्फ कास्य जितेकी छिन ! श्रीयन्श तिमील्सिनाले काता तथा कुमिते दुबै मा स्वर्ण  पदक , अमर तामाङ्ले काता तर्फ स्वर्ण , सोनाम लामाले काता तर्फ रजत र ब्राइन इल्जोर्डानले रजत प्राप्त गरे भने कुमिते तर्फ टिफानी इल्जोर्डान्ले रजत जितेकी छिन । त्यस्तै गरी उर्बी श्रेष्ठले काता तर्फ कास्य, उजस लाल श्रेष्ठले कास्य,ह्याम्लेट उजेलोले कास्य र ब्रीट्नी यस्त्टिब्ली ले कास्य प्राप्त गरिन ।

प्रतियोगितामा सिहान शान्त थोकरले रेफ्री को भूमिका निर्बाह गर्नु भएको थियो भने सहभागि खेलाडिहरुको कोच सेन्सेइ समीर थोकर ले गर्नु भएको थियो ।

बिजेता खेलाडिहरुलाई IMA Nihon Kartae Do USA को तर्फ बाट हार्दिक बधाइ ज्ञापन गर्दछौ ।

अध्यछ तथा प्रमुख प्रशिछ्क

सिहान शान्त थोकर

 

प्रतिक्रिया