सेतो कपालैमा’ बोलको रोइला गीत बजारमा

इनेप्लिज २०७६ वैशाख १५ गते १:५० मा प्रकाशित

लोक तथा दोहारी गायक रामजी खाँड र गायिका एवम् सञ्चारकर्मी अनिता चलाउनको स्वरमा ‘सेतो कपालैमा’ बोलको रोइला गीत बजारमा आएको छ। एक नारायण भण्डारीको शब्द तथा संगीतमा तयार भएको उक्त गीतको संगीत संयोजन आशिष अविरलले गरेका छन्।

प्रकाश भट्टको निर्देशनमा तयार भएको गीतको भिडियोमा सन्ध्या बुढा (काउली बुढी) र उमेश राई (फुलन्देको आमा) सँगै रामजी खाँड र अञ्जली अधिकारीको अभिनय रहेको छ।

प्रतिक्रिया