सोमबार, साउन ६ २०७६
काठमाडौं ०९:५२
वासिङटन डिसी 00:07

अमेरिका नेपाल सहयोगी समाज(एएनएचएस) को अध्यक्षमा केदार प्र तिम्सिना लगायत सबै पदाधिकारी निर्बिरोध बिजयी(भिडियो सहित)

नव निर्वाचित समितिमा पुरुष भन्दा महिलाको सहभागिता ज्यादा

बिजय थापा २०७६ वैशाख १४ गते १२:५९ मा प्रकाशित

वाशिंगटन डिसी ,डिसी महानगर क्षेत्रको भर्जिनियाको मनासस शहरमा सन् २००८ मा स्थापना भएको अमेरिका नेपाल सहयोगी समाजको अध्यक्ष पदमा केदार प्र तिम्सिना निर्वाचित भएका छन ।

अमेरिकामा जन्मिएकी डिसी महानगर क्षेत्रमा जन्मिएकी बिबेचना निरौलाको बेजोड प्रस्तुति :

Posted by Enepalese on Saturday, April 27, 2019

बार्षिक साधारण सभामा नव निर्वाचित कार्यकारी समितिले सपथ ग्रहण गर्नुको साथै पद हस्तान्तरण कार्यक्रम समेत सम्पन्न भएको छ । एएनएचएस स्थापना काल देखि नै सक्रिय भूमिका निर्वाह गर्दै आएका नव निर्वाचित अध्यक्ष तिम्सिनाले सबैलाई धन्यबाद दिएका छन् ।

अमेरिका नेपाल सहयोगी समाज( ANHS) को बार्षिक साधारण सभा , नव निर्वाचित पदाधिकाहरुको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रमको प्रत्यक्ष प्रसारण : बिजय थापा

Posted by Enepalese on Saturday, April 27, 2019

तिम्सिनाले पहिलो समितिले गर्न नसकेका कामलाई निरन्तरता दिने बताए । उन्ले समाजले के चाहान्छ ? समाजका सरसल्लाह र सुझाव लिएर अगाडी बढ़ने बताए ।

स्थापना काल देखि नै निकै क्रियाशील रहेको संस्थामा अहिले सम्म निर्वाचित भएका सबै कार्यकालका नेतृत्व तथा पदाधिकारीहरु सर्वसम्मतिबाट नै सबै पद निर्बिरोध चयन गर्दै आई उदाहरण बनेको छ ।

भर्खरै निवर्तमान अध्यक्ष बनेकी कमला खरेलले हामी परिवार भएकोले यस संस्थालाई सदैव आफ्नो साथ र सहयोग रहने बताईन । आगामी मे १८ र १९ तारिखका दिन गैर आवासीय नेपाली संघ अमेरिकाको निर्वाचनको व्यापक प्रतिस्प्रद्धा भै रहेको अवस्थामा निर्बिरोध हुनुले समुदायमा राम्रो संदेश दिन सफल भएको छ ।

अमेरिकामा जन्मिएका किशोरीहरुले नेपाली मिस्रित गीत “ म प्यार बेची दिन्छु ,डाफे झै नाच्ने हिमालकि छोरी हु म “ को प्रस्तुति :

Posted by Enepalese on Saturday, April 27, 2019

निर्वाचन समितिमा एएनएचएसका संस्थापक अध्यक्ष सागर कडेल,कमल भट्टराई र उत्तम गौतम रहेका थिए । निर्वाचन आयुक्त रहेका कमल भट्टराईले सपथ ग्रहण गराएका थिए ।

उक्त साधारण सभामा महासचिव विवश अर्याल तथा कोषाध्यक्षले आफ्नो बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

निर्वाचित हुने पदाधिकारीहरुमा अध्यक्षमा केदार प्रसाद तिम्सिना वरिष्ठ उपाध्यक्षमा जानुकी ओझा ,उपाध्यक्षमा रमेश ढकाल ,महासचिवमा हरि राम भण्डारी ,कोषाध्यक्षमा राम भक्त अधिकारी ,सचिवमा आरती सिग्देल निर्वाचित भएका छन् ।

अमेरिका नेपाल सहयोगी समाज कि अध्यक्ष कमला खरेल को मन्तव्य दिदै :

Posted by Enepalese on Saturday, April 27, 2019

यसै गरि कार्यकारी समिति सदस्यहरुमा क्रमस मन्जु थापा,लक्ष्मी रेग्मी,मौसम श्रेष्ठ,यज्ञ चापागाई, क्षितिज न्यौपाने,बिष्णु केसी ,संगीता लामा तथा कामना अधिकारी पन्थी निर्वाचित भएका छन् ।

साधारण सभामा  दोश्रा पुस्ताका किशोरीहरुले नृत्य प्रस्तुत समेत गरेका थिए ।  यसको साथै एएनएचएस को बिधान समेत संसोधित भई पारित भएको छ ।

अमेरिका नेपाल सहयोगी समाज( ANHS) को बार्षिक साधारण सभा , नव निर्वाचित पदाधिकाहरुको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रमको प्रत्यक्ष प्रसारण : बिजय थापा

Posted by Enepalese on Saturday, April 27, 2019

प्रतिक्रिया