भीष्म उप्रेतीको “तपाईंको पहाड कहाँ हो ?” काठमाडौंमा विमोचन सम्पन्न

इनेप्लिज २०७६ वैशाख १३ गते १७:२२ मा प्रकाशित

२६ अप्रिल , काठमाडौं ,ईनेप्लिज प्रतिनिधि ,कवि तथा निवन्धकार भीष्म उप्रेतीको ताजा निवन्ध सङ्ग्रह “तपाईंको पहाड कहाँ हो ?” काठमाडौंमा विमोचन भएको छ । साहित्यकार तथा सो कृतिमा समीक्षक त्रय रोशन शेरचन, गोविन्द गिरी प्रेरणा  तथा गीता त्रिपाठीका साथै निवन्धकार भीष्म उप्रेतीले सामुहिक रुपमा सो कृतिको विमोचन गरे ।

विमोचन पश्चात् कृतिको वारेमा धारणा राख्दै रोशन शेरचनले निवन्धहरुले सकारात्मक र प्रेरणादायी पक्षहरुलाई उजागर गरेको र व्यक्तिपरक निवन्धहरु अग्रज र दिवङ्गत लेखकहरुको मात्र भएकोमा समकालीन लेखकहरुको वारेमा पनि लेख्न सुझाव दिए ।

साहित्यकार गोविन्द गिरी प्रेरणाले भीष्म उप्रेतीको प्रस्तुत कृतिमा कविता र गद्यको मिश्रण पाइने वताउँदै व्यक्तपरक निवन्धहरुको वारेमा चर्चा गरेका थिए । प्रस्तुत कृतिका निवन्धहरु सुललित र सुपाठ्य भएको उनको कथन थियो ।

कृति समीक्षा गर्दै डा.गीता त्रिपाठीले भीष्मका निवन्धहरुमा पाईने फरक प्रवृत्तीको चर्चा गर्दै उनका कविता जस्तै निवन्ध पनि सुस्वाद भएको वताईन् ।

निवन्धकार भीष्मले आफ्ना निबन्धहरुमा कविताको प्रयोग गर्ने गरेको यथार्थ वताउँदै समकालीन साहित्यकारहरुको बारेमा लेख्न जोखिम भएको वताए । साथै समकालीन साहित्यकारहरुको विषयमा लेख्न अरु निवन्धकारलाई आव्हान गरे ।

कार्यक्रमको शुरुमा पुस्तकका प्रकाशक शिखा वुक्सका पुष्पराज पौडेलले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए भने कार्यक्रम सञ्चालन मणि लोहनीले गरेका थिए ।

साहित्यकार भीष्म उप्रेतीको यो १८औं कृति हो । कविता, निवन्ध, नियात्रा विधामा उनका १७ कृति यसअघि नै प्रकाशित भइसकेका छन् । उनका रचनाहरु विश्वका विभिन्न मुलुकका जर्नलहरुमा अङग्रेजी, हिन्दी, तमिल, जापानी, कोरियाली, सर्वियाली, स्लोभेनियाली, सिंहाली तथा संस्कृत भाडामा अनुवाद भै प्रकाशित भएका छन् ।

प्रतिक्रिया