प्रकाशले अस्ट्रेलिया बाट लिएर आए ” बिश्वास” ( भिडियो )

इनेप्लिज २०७६ वैशाख १२ गते २२:१७ मा प्रकाशित

अस्ट्रेलिया बस्ने नेपाली कलाकारहरुको गीत संगीत प्रतिको मोह गजबको छ। बिदेशको बेस्त दैनिकीका बावजुद पनि नेपाली गीत संगीतको बिकास र बिस्तारमा नेपाली कलाकारहरुले पुर्याएको योगदान ठुलो छ। विगत १० वर्ष देखि अस्ट्रेलियामा बस्दै आएका गायक प्रकाश कार्कीले नया गीत ” बिश्वास” सार्वजनिक गरेका छन् । सानै देखि गीत संगीतमा निकै रुचि राख्ने गायक कार्की पेशाले सिभिल इन्जिनियर हुन् ।

केहि दिन अघि उनको नया गीत ” बिश्वास” डिजिटल बजारमा सार्वजनिक भएको छ । यस गीतमा स्वर गायक प्रकाश कार्कीको रहेको छ भने शब्द र संगीत स्वतन्त्र सङ्म्यानको रहेको छ । गीतको एरेञ्ज्मेण्ट गोपाल रसाइलीले गरेका हुन् । हाल लिरिकल भर्सनमा उपलब्ध यस गीतको अफिसियल भिडियो ल्याउने तयारी गरिएको छ ।

प्रतिक्रिया