रिना प्रकरणः छोराको वयान ममी र मलार्ई कमल नेपालले पैसा दिन्थें (भिडियो हेर्नुहोस्)

इनेप्लिज २०७६ वैशाख १० गते ११:०१ मा प्रकाशित

मोरङ । पूर्वी मोरङको पथरी बजारमा बैशाख ७ गते शनिबार विहानै महिलाको विभत्स शव भेटियो । पथरीशनिश्चरे–१ को बजार क्षेत्रमा नग्न अवस्थामा शव देखिपछि मर्निङवाकमा निस्केका स्थानीयले प्रहरीलाई खबर गरेका थिए । नग्न अवस्थामा शव घोप्टो परेको थियो । शवको नजिककै रगत पनि बगिरहेको थियो । सुरुवातमा कसको शव होला भन्ने स्थानीयले अड्कल काट्न सकेनन् । त्यसपछि प्रहरी आएपछि हेर्दा पथरीशनिश्चरे– १ मा डेरा गरी बस्ने २९ बर्षीय रिनाखड्का बस्नेतको विभत्स शव भएको थाहा पाए । स्थानीय बीरबहादर बस्नेतकोघरको तेस्रो तल्लामा डेरामा बस्दै आएकी रिनाको हत्या हो की आत्महत्याभन्ने बारेमा खुल्न सकेको छैन । १४ बर्षे छोरा साइमनसँग डेरामा बस्दैआएकी रिना सोही स्थानमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी थिइन् । छोरासाइमन र स्थानीयका अनुसार रिनालाई फोन अत्याधिक आउने गरेको थियो । कमल नेपाल नाम गरेका ब्यक्तिले पटक पटक ममीले फोन गर्ने गरेको छोरा साइमनले बताए । ती ब्यक्तिलाई रिनाले भेटेको पनि उनले बताए । ती ब्यक्तिले ममी र आफूलाई पैसा पनि दिने गरेको बताए । जतिचोटी काट्यो त्यति पटक फोन गर्ने गरेको उनले बताए । मोबाइल, ट्याप, लुगा किन्नसमेत पैसा दिने गरेको उनले खुलाए । ममीले अंकल भनेर कमल नेपाललाई चिनाएको बताए । अन्तिमको ५३नम्बरबाट फोन पटक पटक आउने गरेको उनको भनाई छ । ममीलाई फोनसँगै भिडियो

कलसमेत गर्ने गरेको उनले बताए । ‘भिडियो कल आउँदा ममीले लुकाउनु हुन्थयो’ उनले भने–‘मैले थाहा पाउँछु भनेर पटक पटक मोबाइलको लक परिवर्तन गर्नुहुन्थ्यो ।’ ती ब्यक्तिले नै राती अवरेसम्म ममीलाई फोन गरेको र रीना दिउँसैदेखि तनावमा रहेको छोरा साइमनले वताउँदै आएका छन् । साइमनले ममीले वियर खाएर सुतेको भएपनि राती के भयो भन्ने कुरा आफुलाई थाहा नभएको जनाएका छन् । रीनाको शव पोष्टमार्टमका लागि धरान लगिएको भएपनि रिपोर्ट आउन केही दिन लाग्छ । रीनाका श्रीमान सन्तोष वस्नेत वैदेशिक रोजगारीको सिलसिलामादुबईमा रहेका छन् ।

प्रतिक्रिया