पत्रकार सन्दिप भट्टले निर्देशन गरेको म्युजिक भिडियो ‘तिम्रो मेरो कथा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । विगत ८ बर्षदेखी विभिन्न संञ्चार माध्याममा आवद्ध रहेका भट्ट पछिल्लो पटक निर्देशनमा हात हालेका हुन् । चितवनको विभिन्न रमणीय ठाँउहरुमा छाँयाकन गरीएको म्युजिक भिडियोलाई नमस्ते फिल्मी टिभीको युट्युव च्यानलवाट मंगलवार विहान सार्वजनिक गरीएको छ ।
सुमन ढकाल र दिया के.सी फिचर्ड म्युजिक भिडीयोमा प्रेम र बिछोड देखाईको छ । केटीलाई परिवारले जबरजस्ती विहे गर्दैएपछि केटा भएको प्रेममा परेका केटा जोगी हुने अवस्था पुगेको भिडियोमा देख्न सकिन्छ । ‘पाउन मात्र माया हैन, गुमाउनु पनि माया हो ।’ निर्देशक भट्टले भने, –‘हामीले त्यहि कुरालाई भिडियोमा देखाउन खोजेका हौं ।’ भिडियोको छांयाकन र सम्पादन सन्तोष सुनारले गरेका हुन् ।
राजेश खत्री तथा भिन्टी सिंहको स्वर रहेको गीतलाई गायक खत्रीले नै संगीत दिएका हुन् । लक्ष्मण सिटौंलाको शब्द रहेको गीतलाई मुम्वईमा रेकर्ड गरीएको हो ।
प्रतिक्रिया