मोडेल एलिसा राई र चर्चित प्र्याङकर एलिस राईको ”ठुम्का’ रिलिज [भिडियो ]

इनेप्लिज २०७६ वैशाख ९ गते ११:०५ मा प्रकाशित

अहिलेकी चर्चित मोडेल एबम नृत्याङगना एलिसा राई र चर्चित प्र्याङकर एलिस राई अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका शर्मिला राईको स्वरमा रहेको ”ठुम्का” मा चर्चित युवा गीतकार डि।पी खनालको शब्द र शंकर थापा ‘स्माइल’को संगीत रहेको छ भने उदयराज पौडेलको संगीत संयोजन रहेको छ । ”ठुम्का”को अभिनयमा एलिसा राई र चर्चित प्र्यानङकर एलिस राईलाइ आकाश राइ र आनन्द गुरुङ लगायतका कलाकारले साथ दिएका छन।

धेरै समयपछि पुन: भिडियो निर्देशनमा फर्किएका गायक विजय रुम्बाले निर्देशन गरेको म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी र बिकाश ज्ञवालीको सम्पादन रहेको छ। गीतको मर्मअनुसारनै भिडियो उतारिएको निर्देशक रुम्बाले जानकारी दिनु भयो ।भिडियोलाई डश म्युजिक नेपालको आधिकारिक यूट्युब च्यानल मार्फत सोमबार सार्बजनिक गरिएको छ।

प्रतिक्रिया