सोमबार, साउन ६ २०७६
काठमाडौं ०९:५२
वासिङटन डिसी 00:07

“नेपाली अमेरिकन लीटल ट्यालेंट आइडल”मा भर्जिनिया राज्यबाट तिन जना चेलिहरु छानिए

इनेप्लिज २०७६ वैशाख ८ गते २२:१६ मा प्रकाशित

अमेरिकामा पहिलोपटक नेपाली प्रतिभाहरूको खोजी गर्ने काम सुरु भएको छ । यही मे २५/२६ २०१९ मा अमेरिकाको न्यूयोर्क शहरमा युनाईटेड नेपलिज एस्सोसिएशनले आयोजना गर्ने (यूएनए ) चौथो सम्मेलनको विशेष कार्यक्रम (नेपाली अमेरिकन लीटल ट्यालेंट आइडल) हरूको खोजी गर्ने काम सुरु भएको छ ।

नेपाली अमेरिकन लिटल ट्यालेन्ट आइडल अमेरिकामा बाहिर नदेखिएका, लुकेको रुपमा रहेका युबा प्रतिभाहरु ट्यालेन्टहरुलाई बाहिर ल्याउनको लागि हो र यही कार्यक्रमबाट इच्छाशक्ति र अनुभव बटुलेर भोलि अमेरिकन आइडल अमेरिकन गड ट्यालेन्ट शोहरूमा जान सक्ने बाटो खोल्नको लागि समेत यो आयोजना गरिएको हो ।

भनिन्छ, हरेक मानिस जन्मजातबाट नै एउटा न एउटा प्रतिभा लिएर जन्मिएको हुन्छ तर सही मौका र स्थानको अभावमा कतिपय प्रतिभाहरू त्यत्तिकै मरेर जान्छ, हराएर जान्छ र ज़स्ले सही ठाँउ र मौका पाए आफ्नो ख़ुबी देखाउन सक्छन् र सधै प्रगतिपथमा अगाडि बढिरहन्छन् ।

हाम्रो उद्धेश्य यही मौका र स्थान दिन नै हो ताकि हाम्रा भाबी पुस्ताले अमेरिकामा हरेक तह र तप्कामा आफ्नो सहभागिता जनाइ उनीहरुले हाम्रो देश र नेपालीहरुको पहिचान बिश्वसामु सदा देखाउन र चिनाउन सकुन् ।

नेपाली अमेरिकन लिटल ट्यालेन्ट आईडलमा अमेरिका ज़स्तो ब्यस्त र ठूलो भूगोलमा सबैलाई समेट्ने काम पक्कै पनि सजिलो छैन ,तैपनि यस्लाई अलि सहज बनाउन यस्को लागि हरेक राज्यमा वा नेपालीहरुको बाक्लो बस्ति रहेको राज्यमा प्रतियोगिता गराएर छान्ने काम गरिएको छ ।

यसै अनुसार भर्जिनिया राज्यमा पनि गत अप्रिलको २० तारिकमा छान्ने काम सकिएको छ । जस अनुसार छानिएका तीन जनाले न्यूयोर्कमा हुने अन्तिम प्रतियोगितामा भाग लिन पाउने छन ।

भर्जिनिया राज्यमा छानिएका तीनजनाको नामावली रियाना दाहाल ,वर्षा पराजुली तथा रोमा भण्डारी रहेका छन् । | यी चेलीहरुलाई हामी सबै भर्जिनियाबासीको तर्फ़बाट हार्दिक बधाई तथा शुभकामना I

 

प्रतिक्रिया