शुक्रबार, असार ४ २०७८
काठमाडौं ०४:५१
वासिङटन डिसी 19:06

एनआरएन अमेरिकाको कोषाध्यक्ष पदमा प्रसन्न संग्रौलाको उम्मेदवारी 

इनेप्लिज २०७६ वैशाख ८ गते १:२३ मा प्रकाशित
एनआरएन अमेरिकाको कोषाध्यक्ष पदमा प्रसन्न संग्रौलाको उम्मेदवारी दिएका छन् । गत पारिल १८ बिहिबारका  दिन उक्त पदमा मनोनयन दर्ता गरे पछि सामाजिक संजाल मुहार पुस्तिका मार्फत जानकारी गराएका हुन् । 
युवा संग्रौला बिगतमा पनि  कोषाध्यक्ष पद मै उम्मेदवारी दिएका थिए भने उक्त समयमा उप बिजेता रहेका थिए । उनले नेपाली समुदायको माझमा रहेर सामाजिक सेवा गर्ने आफ्नो मनशायलाई सबै अमेरिकावासी नेपालीहरुले साथ दिनु भएकोमा म  “प्रसन्न सँग्रौला” हार्दिक नमन अर्पण गर्दछु भनि लेखेका छन् । 
 
उनले अगाडी लेखेका छन् सबै संग सल्लाह गरेर कोषाध्यक्ष पदमा मनोनयन गरेको र सबैको सहयोग र समर्थन रहने कुरामा आफू बिश्वस्त भएको जनाएका छन् । 
 
उनले भनेका छन् ,यस पदको लागि मेरो जिम्मेवारी र उद्देश्य आर्थिक पारदर्शीता माथिको बिशेष ध्यानाकर्षण हो, तपाईं हामिले जम्मा गरेको या कतैबाट प्राप्त गरेको रकमको सामाजिक हितमा अधिकतम् सदुपयोगको लागि प्रयत्न गर्नु हो भनि स्पष्ट पारेका छन् । 
 
साथै यो संस्थालाई आर्थिक रुपले सबल र सक्षम बनाउनु हो । मेरो लगाव र ध्यान यो संस्थाको आर्थिक कोषको रकम फजुल खर्च हुन बाटपुर्ण तवरले रोक्नमा हुने छ भनि आफ्ना कुराहरु राखी सबै संग एक मत मागेका छन् । 
 
यसको साथै संस्थाको सार्वजनिक लेखापरिक्षण प्रतिस्प्रधात्मक रुपले छनिएका लेखा परीक्षक बाट गराइनु पर्छ । हरेक तीन महिनामा उक्त लेखापरीक्षणलाई अध्यावधिक (अपडेट) गरी सबै सदस्य माझमा आधिकारिक संजाल (वेवसाइट) तथा बिधुतिय डाक (ईमेल) मार्फत जानकारी गरिनु पर्छ भन्ने मान्यता रहेको उनको धारणा सार्वजनिक गरेका छन् । 
 
संग्रौला नेपाल झापा घर भै नर्वेमा केही बर्ष बिताई हाल अमेरिकाको भर्जिनिया का स्थायी निवासी हुन् । र कामको शिलशिलामा उनि हाल न्यू ह्याम्पशायरमा बसोबास गर्छन । यसको साथै संग्रौला डिसी महानगरबाट संचालित अङ्किय पत्रिका ईनेप्लिजका सहयोगी हात पनि रही नियमित रुपमा सामाजिक गतिबिधि तथा कार्यक्रमहरुका जानकारी प्रत्यक्ष प्रशारण बाट गर्दै आएका छन् । 
 
उनलाई ईनेप्लिज परिवारको तर्फ बाट बिजयीको शुभकामना । 
 

प्रतिक्रिया