मंगलबार, असार ८ २०७८
काठमाडौं ०७:५७
वासिङटन डिसी 22:12

मेरिल्याण्डमा बैकुण्ठ मानन्धरले भने हाम्रो पालामा खेलाडीहरुलाई सुबिधा थिएन,पराल ओछ्याएर भुईमा आफू सुतेको कहानी सुनाए

मेरिल्याण्ड बिधान सभा बाट सम्मान पत्र प्राप्त

विजय थापा २०७६ वैशाख ८ गते १:१३ मा प्रकाशित

 

गत अप्रिल १७ बुधबारका दिन अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बाल्टिमोरवासीले कीर्तिमानीधारी म्याराथुन धावक बैकुण्ठ मानन्धरलाई सम्मान गरेका छन् । बिशेष स्वागत, सम्मान तथा अन्तर्कृया कार्यक्रममा मानन्धरले आफ्नो खेल जीवनमा तिता मिठा अनुभव गरेका कुराहरु सहभागीहरुलाई सुनाए । मानन्धर संगै राष्ट्रिय म्याराथन धावक धर्म महर्जनलाई पनि सम्मान गरिएको थियो ।

मानन्धरलाई मेरिल्याण्ड बिधान सभा बाट सम्मान पत्र द्वारा सम्मान गरिएको थियो भने उक्त साइटेसन पत्र अमेरिकाको इतिहास मै पहिलो पटक बिधान सभा सदस्यमा निर्वाचित हुने एचबि ह्यारी भण्डारीले हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा महा बाणिज्य दुत प्रेम राजा महत ,वरिष्ठ समाज सेवी डा श्याम कार्की ,बानाका अध्यक्ष सुबोध विलास पन्त ,प्रवासी नेपाली मंचका प्रभु थापा ,एचबी ह्यारी भण्डारी लगायत खेलाडी लगायत अन्य सामाजिक अगुवा तथा / बिभिन्न संघ/संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम संचारकर्मी सृजन ताम्राकार ,रमेश भट्ट ,एवरेस्ट वर्ल्ड क्लास ते क्क्वाँदो पाठशालाका संस्थापक कुमार कार्की लगायतको पहलमा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो । यसै गरि एवरेस्ट वर्ल्ड क्लास ते क्क्वाँदो पाठशाला द्वारा पनि सम्मान गरिएको थियो ।

समाजले द्वय खेलाडीहरुलाई केही आर्थिक सहयोग प्रदान समेत गरेको छ । महा बाणिज्य दुत महत ,डा कार्की ह्यारी भण्डारीले मानन्धरका बारेमा बोलेका थिए भने सहभागीहरुले केहि जिज्ञाशा राखेका थिए । आफ्ना मन्तब्य राख्ने क्रममा अहिलेका खेलाडीहरुलाई निकै सुबिधा छ भन्दै खेलाडीहरुले आफ्ना कमि कमजोरी भन्न नहुने सुझाव दिए । उनले आफूले खेलमा कहिले दुख नसम्झेको बताए ।

बि.स २०२७/२०२८ मा खेल्दा कुनै सुबिधा थिएन ।  परालमा सुत्नु पर्ने अवस्था पनि भएको बताए । अन्य केही नखाए पनि आफूलाई भात खान पाए पुग्थ्यो भन्दै आफ्ना खेल जीवनका संक्षिप्त राम कहानी सुनाए । उनले नगर खेलकुदमा हेटौडामा भुइमा पराल ओछ्याएर सुतेको बताए ।

उक्त समयमा पुरुष तथा महिलाका शौचालय हुदैन थियो । उनले आफ्ना कुराहरु राख्ने क्रममा आफू दौडिएर रामेछाप धनकुटा समेत पुगेको स्मरण सुनाए । उनले १९७६ को ओलम्पिक खेल अगाडी अमेरिकामा ३ महिना को तालिमको लागि न्यू योर्क आएको बताए । उनले अगाडी भने न्यू योर्कमा बस्दा कुनै बातावरण मिलेन । किनभने यहाँ भात ३ चार दिनको बासी भात खाने चलन रहेकोले देख्दा कति दुख गरेको भन्ने आफूले सम्झेको बताए । तर उनले अहिलेका खेलाडीहरु लाई धेरै सुविधा भएको बताउदै आफ्नो देशको कमि कमजोरी भन्नु नहुने कुरामा ध्यानाकर्षण गराए

उनले यस कुरालाई जोड्दै आफू अमेरिका आउदा एउटा कमेज ,प्यान्ट्स (सुरुवाल) खेलमा लगाउने अर्ध कट्टु ( हाफ प्यान्ट )गन्जी ,जुत्ता र साथी संग मागेर ल्याएको एउटा कोट र सानो झोला ल्याएको कहानी सुनाए ।

चिसोमा अर्ध कट्टु लगाएर फाटेको जस्तो जुत्ता देख्दा मानिसले आफू तिर हेरी सोध्ने गर्थे । आफूले आफ्नो देशको कमजोरी भन्नु हुदैन भनेर सोध्दा पनि उनीहरुलाई जवाफ नदिएको बताए । फाटेको जुत्ता भएता पनि म जहाँ हिड्छु त्यहा म नेपाली भएर हिड्छु भन्ने सोच्ने गरेको बताए । आफू नेपालको प्रतिनिधित्व गरेर आएकोले आफ्ना कमि कमजोरी भन्नु हुदैन भन्ने सोचेको बताए ।

आफू संग म्याराथुन खेल्दा ट्राक्स सुट ( दौड मार्ग सुरुवाल) पनि थिएन । एक हाफ प्यान्ट (अर्ध कट्टु ) मात्र रहेको र चिसो हुन्थ्यो तर पनि दुख देखाइन भने । मानिसहरुले तिमि संग ट्राक्स सुट छैन भनि सोधेको स्मरण गराए । उनले नेपाल बाट ३ सय डलर साटेर अमेरिका आएको तर बस्ने अतिथि गृहमा २५ डलर लिन्छु भने पछि आफू ३ महिना अमेरिका बस्न आएको पुग्दैन भनेर पुन विमानस्थल मा फर्केको बताए । त्यहाँ खलबली भए पछि एउटा धनि अमेरिकनले लगेर राखेको बताए ।

नेपाल बाट अमेरिका आए पछि क्यानाडा मनट्रेल को प्रवेश आज्ञा (भिसा )नै नभएको बताए । उनले हसाउदै भने भिसा भनेको नै आफूलाई थाहा नभएको बताए ।  उनले आफू बाहिर आएर फेरी विमानस्थलमा फर्कदा मेरो बारेमा अमेरिकन टेली भिजनहरुले मेरै बारेमा ३ महिनाको लागि आएको मानिस हराएको भनेर प्रसारण गरेको आफूले देखेको बताए । त्यो समयमा पनि थुप्रै मानिस भागेको बताए तर आफू स्वदेश फर्केको बताए ।

उनले लस एल्जेलसमा ओलम्पिक खेल्न आउदा यहि बस्ने पनि मिलाई दिन्छु जस्तो कुरा पनि भएको थियो तर आफू नबसेको बताए । ४३ बर्ष अगाडी ,३५ बर्ष अघि र अहिले आएको भन्दै अमेरिकालाई गालि गर्नु नहुने बताए ।

उनले आफूले अरुलाई सम्मान गरेमा आफूले पनि सम्मान पाइने हुनाले नेपालीहरु अनुशासनमा बस्न आग्रह गरे । उनले जहाँ जाँदा पनि नेपाली राम्रो मान्छे भन्ने कुरामा ख्याल गर्दै नेपालीको नाम राख्नु पर्ने सुझाव दिए । अन्त्यमा मानन्धरले आफूले परालमा सुत्नु परेको अवस्थालाई यहाहरुले हामीले गरेको दुखलाई अमेरिकामा सम्मान गर्नु भएकोमा आयोजकलाई धन्यवाद दिए  ।

 

 

 

 

 

प्रतिक्रिया