विवेकशील साझा सद्भाव समूह मध्य-पूर्व संयोजकमा दिपक उप्रेती

इनेप्लिज २०७६ वैशाख ७ गते १७:२३ मा प्रकाशित

दिपेन्द्र पोख्रेल, दोहा

विवेकशील साझाको अन्तर्राष्ट्रिय सद्भाव समूहको कन्फरेन्स बैठकले क्षेत्रीय समिति विस्तार गर्ने क्रममा मध्य-पूर्वी देशको प्रतिनिधित्व हुने गरी कुवेतमा कार्यरत दिपक उप्रेतीलाई मध्य पूर्व संयोजक चयन गरेको छ।

अन्तर्राष्ट्रिय सद्भाव समूह सदस्यहरु बिच नेतृत्वका लागि आब्हान गर्दै ईमेल, छलफल र सर्वसम्मतिको मार्फत उत्कृष्टताको आधारमा संयोजक छनोट गरेको कुरा प्राप्त समाचारमा उल्लेख छ।

सिन्धुपाल्चोक जिल्ला, लिसंखु-पाखर गाउँपालिका स्थायी घर भएका उप्रेतीले भारतको उत्तरांचल विष्वबिद्यालयबाट ‘सप्लाई चेन म्यानेजमेन्ट’ मा एम.बिए. डिग्री हासिल गरेका छन्।उनले बिगत ११ वर्ष देखि मध्य पूर्वका देशहरु यु.ए.ई, कतार र बहराइन तथा कुवेतका युरोपियन कम्पनीहरुमा ब्यबस्थापकीय पदमा कार्यगत अनुभव हासिल गरेका तथा मध्य-पूर्वीय देशहरुको आधारभूत कानुन तथा नीति नियमको बारेमा पनि जानकार मानिन्छन्।

कामको सिलसिलामा नेपालीहरुको रोजगारीको लागि उल्लेख्य बसोबास रहेका गल्फका मुख्य देशहरुमा पनि यात्रा गरिरहने हुनाले नेपाली कामदारका समस्याबारे समेत दख्खल राख्छन्।

अन्तर्राष्ट्रिय सद्भाव समूहको सामाजिक संजाल सम्बन्धि निर्देशिका निर्माणमा उल्लेख्य भूमिका निभाएका उप्रेती विवेकशील साझा पार्टीका बिशेष आर्थिक सहयोगी पनि हुन्।

प्रतिक्रिया