बिहीबार, असार १० २०७८
काठमाडौं ०१:०४
वासिङटन डिसी 15:19

“ अमेरिकाको बोष्टनमा नेपाली नया बर्ष “ बैसाखी साझ “ धुमधाम सँग सम्पन्न “

इनेप्लिज २०७६ वैशाख ६ गते २:०३ मा प्रकाशित

यम पौडेल \ बोष्टन \ अप्रिल १७,२०१९

बोष्टनमा नेपालीहरुको २९ बर्ष देखिको साझा सँस्था ग्रेटर बोष्टन नेपाली कम्युनिटी (जिबिएनसी) व्दारा नेपाली नयाँ बर्ष २०७६ को ऊपलक्ष्यमा आयोजित ‘बैसाखी साँझ’ अप्रिल १३ मा समरभिल सिटी स्थित १९१ हाइल्याण्ड एभमा धुमधान सँग सम्पन्न भयो । समरभिल सिटिका मेयर जो कर्टुटोन को प्रमुख आतिथ्यता एवँ मासाचुसेट राज्यका एशिया अमेरिकन कमिशनर प्रल्हाद के सि र नेपालका किर्तिमानी धावक बैकुण्ठ मानन्धर को बिशेष आतिथ्यता रहेको इँभेन्टमा बिभिन्न ब्यक्ति ब्यक्तित्वको सम्बोधन , रोचक नेपाली कला सँस्कृति प्रस्तुत,बिशेष योगदान दिने महानुभाव र कलाकारहरुको सम्मान र नेपाली स्वादिष्ट परिकारको ब्यबस्था थियो । करिब ४०० अटाऊने कार्यक्रम हल खचाखच थियो भने नेपाली गित नृत्यमा रमाऊने र आपसमा शुभकामना आत्मियता साटासाट गर्ने हरुको हुल कार्यक्रम सकिएपछि पनि सकिएको थिएन । जिबिएनसि का वर्तमान युवा अध्यक्ष अर्जुन जँग कुवर को सभापतित्व मा सँचालन भएको औपचारिक कार्यक्रमलाई सचिव परशुराम फुयालले कुशलतापुर्वक सँचालन गरेका थिए ।

नेपाली तथा अमेरिकाको राष्ट्रिय गित बाट शुरु गरिएको बैसाखी साझका सभापति अर्जुन जङ कुवर ले सबै सबैलाई धन्यबाद दिदै स्वागत गरेपछि समरभिलका मेयरलाई स्टेजमा बोलाईएको थियो ऊहाले नेपालीलाई शुभकामना मात्र दिएनन सबै इमिग्रेन्ट प्रति आफ्नो सकारात्मक धारणा रहेको कुरा ब्यक्त गर्दै नेपालीको मनोबल बढाए साथै आफ्नो सिटि समरभिलमा धेरै लामो समयदेखि नेपालीहरु बसेकोमा खुसी ब्यक्त गर्दै सकेसम्म सहयोग गर्ने बचन दिए । सोहिबखत ऊहालाई जिबिएनसिको तर्फबाट बिशेष सम्मान सहित मायाको चिनो प्रदान गरिएको थियो लगतै बोष्टन म्याराथनको लागि नेपालबाट आएका किर्तिमानी धावक बैकुण्ठ मानन्धर , अर्का धावक धर्म महर्जन र ब्याडमिन्टन खेलाडी प्रकाश राणालाई स्टेजमा सम्मान गरिएको थियो । सोहि बखत धावक मानन्धरले पनि नेपालको तर्फबाट एक मायाको चिनो समरभिलका मेयरलाई प्रदान गरेका थिए । त्यसपछि बिशेष अतिथिको मन्तब्य दिदै जिबिएनसिका सल्लाहकार एवँ मासाचुसेट राज्यका कमिसनर प्रल्हाद के सि ले आगामी मे २०, २०१९ मा पहिलोपटक मासाचुसेटस राज्यको स्टेट हाऊसमा बुद्द जयन्ती मनाऊन लागिएको ऊल्लेख गर्दै जिबिएनसि लगायत सबै नेपालीको सहभागिता हुनुपर्नेमा जोड दिए । त्यसैगरि पशुपतिबुद्द फाऊण्डेशन न्यु इण्गलैण्डका अध्यक्ष बिष्णुमणि आचार्यले नेपाली कम्युनिटि सेन्टरको लागि बेलारिकामा आफुहरुले हालेको अफर स्विकृत भइसकेकाले आफुले बोलकबोल गरेको रकम दिएर प्याब्फोनलाई दिएर सहयोग गर्न नेपालीहरुलाई अपिल गरे । नेपालबाट आएका कान्तिपुर डेन्टल कलेज अफ टिचिङ अस्पतालका अध्यक्ष डा . बुद्दिमान श्रेष्ठले नेपालमा गरेको दन्त चिकित्सा को बारे बोल्दै एन आर एन सग मिलेर काम गर्न चाहेको बताए ।जिबिएनसिका महासचिव राजकुमार थापाको भोट अफ थ्याँङ्कस मा बैसाखी साझलाई सहयोग गर्ने सबैलाई सम्झि सम्झि धन्यबाद दिए । त्यसपछि सभापति कुवर ले पहिलो चरणको औपचारिक कार्यक्रम समापन गरेका थिए । त्यसपछि दोश्रो चरणको साँस्कृतिक कार्यक्रम सुजना राजकर्णिकार र सोनाम शेर्पा व्दयको सँचालनमा जमेको थियो ।

नेपाली बाद्धबादनका बिद्धार्थी एभरेष्ट ब्याण्डका साना भाइहरु अनुभव थपलिया,प्रनवा फुयाल, स्वएम पोखरेल, एडराईन प्रधान सहित चारजनाको सामुहिक प्रस्तुतीले हललाई शुरुमै सँगितिक माहौल तर्फ डोराएको थियो त्यसपछि स्टेजमा एक से एक प्रस्तुती प्रस्तुत भएका थिए । फुलै मञ्जरीले .. बोलको गितमा पर्निका फुयालको एकल नृत्य, म त गाऊकी गोरी रे .. गितमा निरु गेलाल को एकल नृत्य, हे गोली शिसाको ..बोलमा सुहानी कार्की र सँजिता एथ्रियाज को युगल नृत्य, मिश्रित नेपाली गितमा जेसिका सिखडा र मिक्स मुबि गितमा सिलु मानन्धरको नृत्यले सबैलाई जुरुक जुरुक बनाएको थियो , त्यसैगरी नेपाली फिल्मी गितमा गनेश राजभण्डारी को नृत्य र शसक्त युवा बिकास मगरको बिशेष प्रस्तुतीले सबैलाई हौस्याएको थियो ।

सास्कृतिक कार्यक्रम पश्चात जिबिएनसीले नया पुराना सबै कलाकारहरुलाई सम्मान गर्दै प्रमाण पत्र प्रदान गरेको थियो ।नेपालदेखि आएका खेलाडीको स्वागत सम्मान र बैकुण्ठ मानन्धर फाऊण्डेशन को लागि कार्यक्रममा स्वच्छाले ऊठेको रकम ७९१ डलर स्टेजमा पुर्व खेलाडी एवँ समाजसेवी किरण खडकाको मन्तब्य सहित हस्ताँतरण गरियो । कार्यक्रमको अन्तिममा डिजे घन्काऊदै रिमिक्स र नेपाली गितमा डिजे मुकुन्द तथा स्याण्डीले सबैलाई नचाएपछि कार्यक्रम सकिएको थियो । यसपाली स्थानिय नेपाली कलाकारलाई जोड दिदै प्रोत्साहन गरिएको थियो कलाकारहरुले रिहर्सल तथा ड्रेस आफै ब्यबस्था गरेर परफमेन्समा जुटेकाले सँस्थालाई ठुलो सपोर्ट भएको थियो सो को लागि जिबिएनसीका अध्यक्षले सबैप्रति आभार ब्यक्त गरे । बैसाखी साझमा बोष्टन स्थित नेपाली सँघ सँस्थाहरु, पशुपतिनाथ बुद्द फाऊण्डेशन, एन आर एन, हिमालयन लायन्स क्लब, तमु समाज, अनेसास, गुरुङ समाज, तामाङ समाज, शेर्पा समाज, किरात राई अर्गनाईजेशन , नेवा ऊर्गनाईजेशन , मगर समाज, एन डब्लु जि एन, राजमित्र स्मृति प्रज्ञा प्रतिष्ठान, लगायतका सँघ सँस्थालाई सम्झिएको थियो साथै सबैको प्रतिनिधित्व गर्दै आसन ग्रहण गराईएको थियो ।

यसरी सम्पन्न बैसाखी साझको पोग्राम को अर्डिनेटर दिनेश पाण्डे थिए । सँस्थाका सचिबालय पदाधिकारीहरु अर्जुन कुवर, मिलन कुमार कार्की,जाल प्रसाद घिमिरे,आजाद प्रधान,राज कुमार थापा, परशुराम फुयाल,चिरञ्जिबी आचार्य,घनि न्यौपाने, सुनिल नेपाली, सन्दिप भट्टराई लगायत जिबिएनसिका सम्पुर्ण पदाधिकारी हरुले बिगत लामो समयदेखि तन मन दिएर कामको बाडफाड गर्दै आ आफ्नो जिम्मेवारी निभाएकोले कार्यक्रम पुर्ण सफल भएको हो ,कार्यक्रममा नेपाली परिकार को ब्यबस्था गर्ने जिबिएनसिका पुर्व अध्यक्ष धुर्व घिमिरे एवँ कोरियन्डर बिष्ट्रो परिवार ,फोटोग्राफीमा साथ दिने सान प्रधान, भिडियोग्राफीमा सहयोग गर्ने शिव मिश्र , मेडिया कभरेजमा पुर्व मेडिया डाइरेक्टर यम पौडेल, सहित कार्यक्रमको प्रमुख स्पोन्सर गर्ने फाइनान्सीय सर्भिस प्रोफेसनल एण्ड लाइसेन्स एजेन्ट न्यु योर्क लाईफ इन्सुरेन्सका कृष्ण लोहनी समेतलाई बिशेष धन्यबाद भन्दै कलाकार हरु बाहिरबाट नल्याई स्थानिय कलाकारलाई स्थान दिदा सँस्थाको ब्ययभार केहि कमि हुन गयो फेरि सहभागिता ऊत्साहप्रद हुनगयो जसले गर्दा यसपालीको बैसाखी साझ बिगत केहि बर्षको तुलनामा नाफामुलक हुन गयो। सँस्थाप्रति आस्थावान पुराना तथा नया सबै साथीहरु प्रतक्ष्य, अप्रतक्ष्य सहयोग गर्ने लागिपर्ने सबै सबैप्रति हार्दिक आभारी ब्यक्त गर्दछु , अध्यक्ष अर्जुन कुवरले बताए ।

स्मरण रहोस आज भन्दा २९ बर्ष अगाडी १९८९मा बोष्टनमा स्थापित जिबिएनसि, नेपालीहरुको दुख सुख, मर्दा पर्दाको साथी बन्दै आएको छ, साथै नेपाली कला सँस्कृतिको जगेर्नार्थ यसले कम्तिमा पनि नेपाली नया बर्ष र बिजया दशमीको ऊपलक्ष्यमा बर्षमा दुई ठुला कार्यक्रम गर्दै आएको छ ।ग्रेटर बोष्टनमा नेपालीहरुको लागी भैपरिआऊने समस्याका लागी सबैको मुखमा सबभन्दा पहिला आऊने नाम जिबिएनसी नै हो । यसबाट थुप्रै नेपाली र नेपाली परिवार लाभान्वित भइसकेका छन । साथै नेतृत्व र समाजसेवा गर्न चाहने थुप्रै नेपालीलाई फ्लोर दिइसकेको छ,पुरानाहरुमा यसमा काम नगर्ने नेपाली पाऊन मुश्किल हुन्छ । सँस्थामार्फत नेपाल र नेपालीको लागी भएगरेका सामाजिक कामहरुको ठुलै फेहरिष्त पाऊन सकिन्छ । पछिल्लोपटक सँस्था बैधानिक बनाई फाइब ओ वान सि थ्रि नन प्रफिट सोसियल अर्गनाईजेशनको रुपमा अगाडी बढाएपछि यसको सदस्यता लिने आजिबन सदस्यता बन्ने क्रम शुरु भएको छ आशा छ सक्रिय युवा अध्यक्ष अर्जुन जङ्ग कुवरको कार्यकालमा यो क्रम तिब्र हुनेछ जिबिएनसिलाई थप ऊचाईमा पुराएको देख्न पाईयोस । हार्दिक शुभकामना ।।।

प्रतिक्रिया