शुक्रबार, असार ११ २०७८
काठमाडौं ०९:३९
वासिङटन डिसी 23:54

डिसीमा सम्पन्न दासत्व-मुक्ति दिवसमा नेपाली मूलकी किशोरी प्रकृति देउजाको बेजोड प्रस्तुति

विजय थापा २०७६ वैशाख ५ गते १:०६ मा प्रकाशित

डिसी । डिसी क्षेत्रको भर्जिनियाको सेन्टरभिलमा बसोबास गर्दै अमेरिकामा जन्मिएकी दोश्रो पुस्ता कि किशोरी प्रकृति देउजाले डिसीमा सम्पन्न दासत्व-मुक्ति दिवसमा बेजोड प्रस्तुति गरेकी छिन् ।

गत अप्रिल १३ का दिन १ सय ५७ औ डिसी इमानसिपेसन डे अर्थात् १५७ औ दासत्व-मुक्तिदिवसमा देउजाले प्रारम्भ मै आफ्नो प्रस्तुति गर्ने मौका पाएकी हुन् । उनि यस्मा आफ्नो प्रस्तुति देखाउने पहिलो नेप्लिज अमेरिकन हुन् ।

फ्रिडम प्लाजामा सम्पन्न सांगीतिक कार्यक्रममा फेथ ईभान्स ,डो ई फ्रेश ,केन्नी लाट्टीमोर,मास्टर गी अफ सुगर हिल ग्यांग ,फ्रेडेरिक योंनेट लगायत प्रसिद्ध कलाकार आदिहरुका प्रस्तुति संगै प्रकृति देउजाले नेपाली समुदायको नाम राखेकी छिन ।

उक्त कार्यक्रम सबैको लागि निशुल्क रुपमा खुला गरिएको थियो । डिसी इमानसिपेसन डे अर्थात् १५७ औ दासत्व-मुक्तिदिवस डिसी महानगर कि नगर प्रमुख म्युरिएल बाउजरले उद्घाटन गरेकी थिइन् ।

अमेरिकी पूर्व राष्ट्रपति अब्राहम लिङ्कनले सन् १८६२ मा कमपेनसेटेड इमानसिपेसन (दासत्व-मुक्तिदिवस)बिधान मा हस्ताक्षर गरेका थिए । उक्त समयमा डिसी बाट ३१०० सय व्यक्तिहरुलाई दास मुक्त गरेका थिए ।

यस बर्षको मुख्य नारा प्रजातन्त्रका लागि हाम्रो लडाई ले हामीलाई एकता गराउछ भन्ने रहेको छ । गत बर्ष प्रकृति देउजाले अमेरिकन गायक एन्डी ग्रामरको कार्यक्रममा आफूले रचेको गीत प्रस्तुत गर्ने मौका पाएकी थिइन् ।

अमेरिकन गायकको एकल प्रस्तुति अगाडी कुनै पनि अन्य कलाकारले गीत प्रारम्भ गर्न पाउनु भाग्यशाली मानिन्छ । त्यस्तै भाग्यशाली मध्ये कै उदाउदो कलाकारको रुपमा आफ्नो नाम फैलाउदै चर्चामा आउदै गरेकी नव प्रतिभा किशोरी प्रकृति देउजा हुन् ।

अमेरिकाको डिसी महानगर क्षेत्रका बिदेशी तथा नेपाली समुदायमा अंग्रेजी गीत गाई रहने प्रकृतिलाई अमेरिकन राष्ट्रिय गान गाउन फुर्सद कमै हुन्छ ।

प्रकृतिले दि नेसनल बास्केटबल एसोसिएसन(एनबिए)प्रतियोगितामा अमेरिकन राष्ट्रिय गान गाउने अवसर पाउनुको साथै वाशिंगटन डिसी महा नगरपालिकामा समेत प्रकृति देउजाले राष्ट्रिय गान गाउने मौका पाएकी थिइन् । छोरीलाई हौशला प्रदान गर्न प्रकृतिका बुवा कुमार देउजा तथा आमा प्रभा भट्टराई देउजा कार्यक्रममा पुग्ने गरेका छन् ।

प्रतिक्रिया