पेरुका पूर्व राष्ट्रपति एलान गार्सियाले आफैले कन्चटमा गोली हान्दा मृत्यु

इनेप्लिज २०७६ वैशाख ४ गते २२:३९ मा प्रकाशित

पेरुका पूर्व राष्ट्रपति एलान गार्सियाले आफैले कन्चटमा गोली हान्दा उनको मृत्यु भएको छ । उनलाई प्रहरीले उनकै घरमा भ्रष्टचारको अभियोगमा पक्राउ गर्न जाँदा उनले आफैले गोलि हानी उनको मृत्यु भएको हो ।

उनले ब्राजिलियन प्रतिष्ठान संग घुस लिएको आरोप लगाईएको थियो । उनलाई पेरुको राजधानी लिमाको अस्पतालमा तुरुन्तै लगिएता पनि उनको निधन भएको निश्चितता वर्तमान राष्ट्रपति मार्टिन भिजकार्राले दिएका छन् । उनका समर्थकहरु अस्पताल बाहिर जम्मा भएका छन् । ब्राजिलको निर्माण प्रतिष्ठान बाट घुस लिएको आरोप लगाईएता पनि उनले अस्विकार गर्दै आएका थिए ।

गार्सिया सन् १९८५ देखि १९९० सम्म पेरुमा राष्ट्रपति भएका थिए भने पुन उनि स २००६ देखि २०११ सम्म राष्ट्रपति भएका थिए । गृह मन्त्रि कार्लोस मोरानले जव प्रहरी उनको घरमा पुगेका थिए गार्सियाले उनीहरुलाई कसै संग कुरा गर्नु छ भनि कोठा भित्र गएर ढोका बन्द गरेको बताएका छन् ।

केही क्षण मै उनले आफैलाई गोलि हने पछि प्रहरीले ढोका फोडेर भित्र पस्दा उनि कुर्सिमा बसेर आफ्नो कन्चटमा गोलि हानेका थिए । गार्सियाका सचिवका अनुसार उनि संग ४ या ५ हतियार घर मै रहेको र उक्त उपहार शैनिकले दिएको उनले बताएका छन् ।

समाचार श्रोतहरु : बिबिसी

तस्बिर :ब्लुम्बर्ग

प्रतिक्रिया