न्युयोर्कबाट आयो गायिका यशोदा खालिङ र जगदिशको आवाजमा ‘मायामा’

इनेप्लिज २०७६ वैशाख ४ गते २१:१५ मा प्रकाशित

गायिका यशोदा खालिङ राई नयाँ भिडियो लिएर आएकी छिन् । आसुतोष राईको शब्द तथा संगीतमा ‘मायामा’ बोलको नयाँ भिडियो सार्वजनिक भएको हो । गीतमा यशोदालाई चर्चित गायक जगदिश समालले साथ दिएका छन ।

अमेरिकामा हुने प्राय: कार्यक्रममा प्रस्तुती दिने र नेपालबाट जाने कलाकारलाई साथ सहयोग गर्न अग्रसर यशोदाको यस् गीत ‘यशोदा–२’ एल्बममा समाबेश गीत हो । यस् गीतलाई दिनेश न्यौपानेले एरेञ्ज गरेका हुन् । गीतको भिडियोमा जाङ्बु शेर्पा र कमला राईले फिचरिङ गरेका छन् । भिडियोलाई शम्भु मोक्तानले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् । भिडियो अमेरिका स्थित न्युयोर्कका बिभिन्न स्थानमा छायांकन गरिको छ ।

प्रतिक्रिया