आइतबार, असार ६ २०७८
काठमाडौं ०२:४३
वासिङटन डिसी 16:58

हामीले सदस्यता बनाएका हैन रहेछ ,हामीले त मतदाता मात्र बनाएका रहेछौ : एनआरएनए अमेरिकाका अध्यक्ष पदका उम्मेदवार संजय थापा

‘एनआरएनएमा मौलाएको विकृति र विसंगतिलाई हटाउन आफ्नो उम्मेद्ववारी’

विजय थापा २०७६ वैशाख ४ गते १:२० मा प्रकाशित

डिसी । हामीले सदस्यता बनाएका हैन रहेछ ,हामीले त मतदाता मात्र बनाएका रहेछौ ,यो भनाई गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाका लागि आगामी २०१९ -२०२१ का लागि अध्यक्ष पदका सशक्त उम्मेदवार संजय थापाको हो ।

उनले गत बर्ष क्यालिफोर्नियामा एनआरएन को बार्षिक साधारण सभामा १४ हजार सदस्यता रहेको संस्थामा साधारण सभामा दुई दर्जन मात्र सदस्य उपस्थिति देखिएकोले सदस्य हैन मतदाता मात्र बनाएको आफूलाई लागेको कुरामा जोड दिदै उपस्थित सहभागीहरुलाई उक्त कुरा स्मरण गराए ।

बाल्टीमोरमा एनआरएन अमेरिकाका अध्यक्ष पदका उम्मेदवार संजय थापा लगायत संग बाना स्रोत केन्द्रमा समुदायसंग अन्तरक्रिया कार्यक्रमको प्रत्यक्ष प्रसारण :बिजय थापा

Posted by Enepalese on Sunday, April 14, 2019

थापा चुनावी प्रचार प्रसारको क्रममा डिसी महानगर बाल्टिमोर स्थित बानाको सामुदायिक भवन तथा भर्जिनियामा आयोजना भएको कार्यक्रममा आफ्नो परिचय दिदै एनआरएनएमा मौलाएको विकृति र विसंगतिलाई हटाउन मेरो उम्मेद्ववारी’ रहेको बताए ।

‘वान डिभाइस वान भोट’ को माग्न सबै उम्मेदवारले माग्नु पर्ने

उनले अहिले पनि निर्वाचन निस्पक्ष हुन्छ भन्ने कुरामा आफू बिश्वस्त भै नसकेको बताए । उनले मनोनयन गत अप्रिल १४ का दिन आजै हुनु पर्ने तर पछि सारियो उनले अगाडी भने । उनले समितिमा बिगतमा भौतिक रुपमा उपस्थिति भै बहुमतबाट निर्णय भएको कुरालाई राती बिधुतिय डाक ( ईमेल) द्वारा मतदान गर्दा आफूले त्यसको घोर बिरोध गरेको बताए ।

विगतका निर्वाचनबाट पाठ सिक्दै निर्वाचन आयोग र वर्तमान कार्यसमिति समक्ष प्रत्यासी थापा एक उपकरण एक मतदान लगायत निर्वाचन आयोगको कुनै पनि सदस्यले सफ्टवेयर(तन्त्रांश)को एडमिन (प्रशासन )एक्सेस (प्रवेश ) लिन नपाउने जस्ता मांग राखेकोले यस्ता माग अन्य उम्मेदवारले पनि माग्नु पर्ने कुरामा जोड दिए । यस्तो माग कुनै पनि उम्मेदवारले उठाएका छैनन उनि मात्र एकल यस्तो माग राख्ने उम्मेदार हुन् ।

नेजा-एनआरएन बहस-२०१९ को पहिलो संस्करण भर्जिनिया बाट प्रत्यक्ष प्रसारंण : बिजय थापा

Posted by Enepalese on Sunday, April 14, 2019

सबै भन्दा समावेसी समिति बनाउने उद्धेश्यका साथ आफ्नो समूहका सदस्यहरूको परिचय गराउदै सबै भन्दा समावेसी रहने बताए । उनले भने अमेरिकामा रहेका संघ/संस्थाका प्रतिनिधि तथा महिलाहरुलाई ३३ प्रतिसत सहभागिता गराउने उद्देस्य सहित सल्लाहकारमा राख्ने योजना समेत रहेको बताए ।

आफूले जीवनको झन्डै ३५ बर्ष सामाजिक कार्यमा विताएको तथा विगत २ बर्ष देखि एनआरएन अमेरिकाको संचालक समिति सदस्य रहेको बताए ।उनले अगाडी भने एनआरएनए अमेरिका प्रतिको विश्वासलाई जगाउन सकिएन भने यो २०० र ४०० जनाको एउटा कल्वमा परिणत हुने कुरा समेत वताए ।

‘यदि तपाईहरूले निर्वाचनमा मलाई विजय वनाउनु भयो भने, म एनआरएन अमेरिकालाई एक विशुद्ध सामाजिक र विधिमा सन्चालन हुने सबै नेपाली अमेरिकनहरूको साझा र प्रिय संस्था बनाउनेछु, अमेरिकावासी सबै नेपालीहरूको आर्थिक र सामाजिक जीवन उच्च वनाउने अभियान सन्चालन गर्ने छु, नेपालसंगको सम्बन्धनलाई सुमधुर र व्यवस्थित बनाउदै मातृभुमिप्रति उत्तरदायी वनाउने तथा हाम्रो एनआरएन राम्रो एनआरएन’ भन्ने बनाउँछु ।’

वाल्टिमोरको वाना सामुदायिक भवनमा आयोजित कार्यक्रम सहसंयोजक काशि पौड्यालको सभापत्तित्व र सहसंयोजक यूद्र वहादुर पन्तको सन्चालनमा भएको थियो ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्षका उम्मेदवार जेदु पोखरेल ,कोषाध्यक्षका उमेदवार रविन बज्रचार्य, महिला संयोजक सुनिता खत्री, बोर्ड अफ डाईरेक्टरका उम्मेदवारहरू धुर्व झा, छत्र गुरूङ ,धर्म वि क, खिम भट्टराई लगायतले बोलेका थिए । उक्त कार्यक्रममा प्रवासी नेपाली मंच अमेरिकाका अध्यक्ष प्रभु थापा लगायतले शुभकामना दिएका थिए ।

भर्जिनियामा नेजाले आयोजना गरेको कार्यक्रममा संजय थापा लगायत उनका सहयोगी टोली लगायत अन्य व्यक्तिहरु सहित आएका थिए । अध्यक्षका प्रत्यासी सूर्य लम्साल ,अर्जुन बन्जाडे तथा संजय थापा लगायत अन्य पदका उम्मेद्वारहरुले आफ्ना कुराहरु राखेका थिए भने अध्यक्षका प्रत्यासी संग जिज्ञाशा समेत राखिएको थियो । नेजाको कार्यक्रममा थापाको प्रस्तुति निकै प्रभावशाली रहेको थियो भने आफ्ना कुराहरु बुलन्द रुपमा स्पष्ट राखेका थिए । उनका प्रतिउत्तर सटिक र चित्त बुझ्दो रहेको सहभागीहरुले जनाएका थिए ।

प्रतिक्रिया