शुक्रबार, असार ४ २०७८
काठमाडौं १२:०२
वासिङटन डिसी 02:17

गजडीले गाँजा खान छोडदैन न त गाँजा बेच्नेले छोडन

लाउंछ। यो तल् तल् दल दल भन्दा कम छैन।

अजय छोचूं २०७६ वैशाख ३ गते २१:२२ मा प्रकाशित

अजय छोचूं, अमेरिकी नेपाली मैदानमा फेरी NRNA को चलखेल शुरू भएको छ। २० राज्य का ब्यानरहरूले पर्खाल पोतिंदै छन्। आम नेपाली अमेरिकनको ३ प्रतिशत बिधिबत आम NRN छन्। जस मध्य करीब ३० प्रतिशत नेपालका राजनैतिक पार्टीहरू संग मेलोजोलोमा छन् भने २०प्रतिशत जति राजनैतिक पार्टीहरूका भातृ संस्थाहरू ( बिदेश बिभाग )मा सक्रिय सहभागी छन्।

तर पनि बांकी ५० प्रतिशत NRNUSA राजनिति मुक्त वा नेपाली राजनैतिक पार्टीहरूको हस्तछेप हुनु हुन्न भन्ने धारणा बोकेका छन्। फलस्वरूप नेपाल देखी राजनैतिक पार्टीहरूको बिल्ला मात्र होइन अमेरिका स्थित नेपाली संघसंस्थाहरूमा आआफ्नापार्टीको नेतृत्व नियन्त्रण गर्न गराउन खोज्ने तत्वहरू अझ बढी क्रियाशील छन् भने अर्कोतिर चुनाबमा उठने अनि नेतृत्व सम्हाल्न खोज्नेहरू भातृसंस्थासंगको सक्रिय सहभागिता ब्यक्तिगत प्रगतिमा बाधा पर्न सक्ने महशुस गर्न लागेका छन्।

फलत संघसंस्था को परिधि बाट माथि उठी NRNA मार्फत ब्यक्ति ब्यक्ति अनि नेपाली अमेरिकी समुदाय समृध्द बनाउन मुलधारमा समाहित हुन सकेमा मात्र भोलीको नेपाल पनि समृध्द हुन सक्ने नेतृत्व सम्हाल्न खोज्नेहरू आवाज हुन खोज्दैछ। हिजोको NRNA को हालीमुहालीका सक्रिय भागिदारहरू आज आएर हिजो अस्ति NRNA चुनावी प्रकृया लगायत धेरै कुरामा NRN USA ग़लत थियो भन्दै स्वस्थ र सही NRN USA का लागी नयां मुध्दा पस्कंदैछन्।

के यी चुनाबी हथकन्डा हरू मात्र हुन् वा आम NRN के आशय अनुरूप नेतृत्व नतमस्तक हुन बाध्य हुंदैछ ? तर आम NRNUSA यस तर्फ सोच्न नपाउंदै राजनैतिक फाबन्जाहरू सक्रिय हुंदैछन् पार्टी नेतृत्वको बिगुल फुक्दैछ अनि प्रत्याशी नेतृत्व हरू को आवाज अस्पष्टिंदै छ।

लाग्दैछ गजडीले गाँजा खान छोडदैन न त गाँजा बेच्ने ले छोडन लाउंछ। यो तल् तल् दल दल भन्दा कम छैन।

 

प्रतिक्रिया