बुधबार, असार ९ २०७८
काठमाडौं ०४:१२
वासिङटन डिसी 18:27

नेप्लिज अमेरिकन हेरिटेज डे एवं नेपाली नयॉ वर्ष २०७६ उत्सवमा हार्दिक निमन्त्रणा !!

इनेप्लिज २०७६ वैशाख ३ गते ११:०४ मा प्रकाशित

भर्जिनियाको Herndon Town मा यही अप्रिल 20 मा Nepalese American Heritage Day को घोषणा सभा तथा नेपाली नयॉ वर्ष २०७६ एक भब्य कार्यक्रमकाबीच मनाइने भएको जानकारी गराउन पाउदा हामी अतिनै हर्षित भएका छौं । नेपालीहरु अमेरिकी राजनीतिको मूलप्रवाहमा प्रवेश गरिरहेको अवस्थामा 2018 को चुनावमा प्रदीप ढकाल हर्नडन टाउनको काउन्सिल मेम्बरमा निर्वाचित भएपछि उहॉको पहलमा हर्नडन टाउनले अवदेखि हरेक वर्ष अप्रिलको तेस्रो हप्ता नेप्लिज अमेरिकन हेरिटेज डे मनाउने निर्णय गरेको छ। अमेरिकाको सरकारी निकायबाट नै यसरी नेपाली अमेरिकी समुदायलाई सम्मान दिएको यस गौरवको क्षणमा आयोजित विशेष सभामा देहाय बमोजिमको स्थान र समयमा उपस्थित भई समुदायको हौसला बढाइदिनुहुन हार्दिक अनुरोध र आमन्त्रण गर्दछौं । सो सभामा नेपाल झल्काउने विविध झॉकी, सॉस्कृतिक कार्यक्रम, नेपाली पाठसालाहरुका बालबालिकाहरुका नृत्य, नेपाललाई विशिष्ट योगदान दिनु भएका एक अमेरिकी र एक नेपाली अमेरिकन ब्यक्तित्वको सम्मान, हेरिटेज डेको औपचारिक घोषणा हुने छ भने सभामा अमेरिकन मूल प्रवाहको राजनीतिमा निर्वाचित नेपाली अमेरिकन जनप्रतिनिधिहरु, नेपाली राजदूत एवं कूटनीतिऑहरू, भर्जिनियाका सिनेटर, डेलिगेट, फेयरफ्याक्स काउन्टी सुपरभाइजर, शरिफ अफिसर तथा डर्नडन टाउनका मेयर, उपमेयर र वर्तमान र पूर्व पदाधिकारीहरु समावेश हुनेछन ।

आयोजक: आदर्श नेपाली समाज एवं एनआरएनए भर्जिनिया च्याप्टर ।
मिति: अप्रिल २०, शनिबार
स्थान: Herndon Middle School
901 Locust St, Herndon, VA 20170
समय: ठीक वेलुका ५:०० बजे
पोशाक: सकेसम्म नेपाली भेषभूषा र संस्कृति झल्किने पहिरनहरु।
प्रवेश: निशुल्क

प्रतिक्रिया