साउदी अबरमा भव्य ऐतिहासिक गजल प्रतियोगिता सम्पन्न– ईम राना मगर प्रथम

इनेप्लिज २०७६ वैशाख ३ गते १:५७ मा प्रकाशित

गत २९ चैत्र २०७५ तदानुसार १२ अप्रिल २०१९ का दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज साउदी च्याप्टरद्वारा आयोजित ऐतिहासिक साउदी अरब स्तरीय गजल प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ ।

अनेसास साउदी च्याप्टरका अध्यक्ष नमराज लामिछानेको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाली राजदूतावास रियादका महामहिम राजदूत प्रा. डा महेन्द्र सिंह राजपूतको प्रमुख आतिथ्यता एवं विशिष्ट अतिथि नियोग उप प्रमुख एवं अनेसास साउदी च्याप्टरका प्रमुख सल्लाहकार आनन्द प्रसाद शर्मा रहनु भएको थियो ।

अनेसास साउदी च्याप्टरका महासचिव अरुण बेल्वासे “रोज”ले कार्यक्रम संचालन गर्नु भएको थियो । सभापति, प्रमुख अतिथि एवं विशिष्ट अतिथिद्वारा संयूक्तरुपमा दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरिए लगत्तै नेपाली राष्ट्रिय गान श्रवण गरी च्याप्टर परिचय सँगै अनेसास साउदी च्याप्टरका उपाध्यक्ष बिमल गौतमले स्वागत मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा विभिन्न संघ संस्था, संगठनका पधादिकारी ज्यूहरु, बद्धिजीवी, समाजसेवी, व्यावसायी, प्रत्रकार, साहित्य प्रेमी नेपाली दाजुभाइ दिदिबहिनीहरुको उल्लेखनिए उपस्थित रहेको थियो ।

च्याप्टरले २० मार्चमा गरेको पूर्व सूचित सूचनाको आधारमा छनौट भएका ११ प्रतिस्पर्धी मध्य १० प्रतिस्पर्धीको उपस्थित रहेका थिए । प्रतियोगितालाई निष्पक्षरुपमा सफल बनाउनको लागि आयोजक कमिटिले गजलमा दिक्गज एवं समाजमा प्रतिष्ठित व्यक्तित्वहरुको ५ सदसीय निर्णायक टोली गठन गरेको थियो । जस्मा, संयोजकको रुपमा साहित्व चौतारी नेपालका सल्लाहकार लाल ब. क्षेत्री बगाले, नेपाली राजदूतावासबाट नियोग उप प्रमुख आनन्द प्रसाद शर्मा, साउदी अरब स्थित नेपाली समाजका विशिष्ट व्यक्तित्वहरु द्धावारीका राज गिरी, अमृत पौडेल र च्यप्टरको तर्फबाट जीतु खड्का गाँउलेलाई राखिएको थियो ।

१० प्रतिस्पर्धी बीच भएको प्रतियोगितामा सबैलाई पछि पार्दै  ईम राना मगर प्रथम प्रकाश शर्मा द्धितीय, निरु बस्नेत निरु तृतीय हुनु भएको थियो भने तारा कुमार राईले सान्त्वना पुरस्कार जित्नु भएको थियो ।

च्याप्टरले नेपाली भाषा साहित्यको विकास, प्रवर्धन एवं जग्रेना, र सर्जक पहिचान र स्रष्टा सम्मान गर्ने हेतुले प्रतियोगिता राखेको बताएको छ । प्रथम पुरस्कार ५०१ सा. रि, र प्रमाण पत्र, द्धितीय पुरस्कार ३०० सा. रि र प्रमाण पत्र, तृतीय पुरस्कार २०० सा. रि र प्रमाण पत्र साथै सान्त्वनामा १०१ सा. रि र प्रमाण पत्र रखेको थियो ।

अतिथिहरुबाट नयाँ वर्ष २०७६ सालको शुभकामना आदान प्रदान मन्तव्य एवं गजल, कविता प्रस्तुत गर्नु भएको थियो भने त्यसै गरी अप्रतियोगिको रुपमा कार्यक्रमलाई मनोरञ्जन दिनको लागि दिपक सेन्चुरी,रबिन, गिरी, रोमलामा, विज्ञान राई, एवं च्याप्टरका सदस्य नगेस तामाङले गजल गीत, गजल संगीत प्रस्तुत गर्नु भएको थियो ।

त्यसै गरी बासुरी बादक राज यात्रीद्वारा गजल प्रस्तुतिमा बाँसुरीको मधुर ध्वनी बजाउनु भएको थियो । च्याप्टरको सदस्य हेम सुवेद, सदस्य नागेस तामाङले व्यवस्थापन चुस्त र सभ्य बनाउन अहम भूमिका खेल्नु भएको थियो । सहयोगीको रुपमा रुपमा लक्ष्मण तामाङ, विनोद बस्नेत र अमर कार्की रहनु भएको थियो ।

कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्नको लागि आर्थिक, नैतिक एवं भौतिक सहयोग प्रदान गर्नुहुने प्रमुख सहयोगी मनका धनी एर्व सामाजिक व्यक्तित्वहरु एवं विभिन्न संघसस्थाका उच्चस्थ व्यक्तित्व द्धावारीका राज गिरी, अमर सापकोटा, अमृत पौडेल, अर्जुन थापा, कुल बहादुर श्रेष्ठ, विनोद जि. सी लगाएत सह सहयोगीको रुपमा जितेन्द्र थपलिया, परशुराम मिश्र, रुपक वाइबा, गोपाल पंगेनी, मदन ओडारी, नबराज थापा, विज्ञान राई, दिलिप कुमार घिमिरे, नेपाली साझा मंच, सहित्यि चौतारी साउदी शाखाको अहम भूमिका रहेको थियो ।

त्यसै गरी मिडिया पार्टनरको रुपमा रहनु भएका पिटी अनलाई, जनभेट साप्ताहिक एवं अन टाईम टि भिले कार्यक्रमको प्रचार प्रसारमा महत्वपूर्ण भूमिका निभाएका थिए ।

प्रतिक्रिया