मंगलबार, वैशाख १० २०७६
काठमाडौं १६:५०
वासिङटन डिसी 07:05

मेरिल्याण्डमा ‘अमेरिकालाई फेरी महान बनाऔ ‘ भन्ने रातो टोपी लाउँदा आक्रमण साथै लुटिए

इनेप्लिज २०७६ वैशाख ३ गते ०:५६ मा प्रकाशित

मेरिल्याण्डमा ‘अमेरिकालाई फेरी महान बनाऔ ‘ भन्ने टोपी लाउँदा एक व्यक्ति आक्रमणको शिकार साथै लुटिएका छन् । अमेरिकाको मेरिल्याण्डको जर्मन टाउन शहरमा उक्त घटना भएको हो । यसै शिलशिलामा दुई जना व्यक्तिलाई पक्राउ गरिएको छ ।

मेक अमेरिका ग्रेट एगेन अर्थात् ‘अमेरिकालाई फेरी महान बनाऔ ‘ भन्ने रातो टोपी लाउँदा उक्त व्यक्तिलाई घृणा गर्दै आक्रमण गरिनुको साथै लुटको मारमा परेका छन् । गत अप्रिल १३ तारिखका दिन जर्मन टाउन शहरको कटेज गार्डन ड्राइभ सडकमा हिड्ने क्रममा उनलाई दुई जना मानिस नजिक आएर आक्रमण गरिएको जानकारी मन्टगोमेरी काउन्टीका प्रहरीले दिएका छन् ।

उनीहरुले यस्तो टोपी किन लगाएको भनि सोधेको पीडितले बताएका थिए । उनि हिड्दै आफूलाई यो टोपी लगाउन हकदार भएको जवाफ दिएका थिए । त्यति भने पछि आक्रमण गरि टोपी फुकाल्न भनेका थिए । आक्रमण पछि उनि ढलेका थिए र सोही समयमा उनि लुटिएका थिए । उक्त समयमा प्रहरीले दुई व्यक्तिलाई बालबालिकाहरु बास्केट बल ( टोकरी भकुण्डो ) खेल खेली रहेका खेलाडीहरु बीचमा लुक्ने प्रयास गरेका थिए ।

जर्मन टाउनका २७ बर्षिय जोभन क्रफोर्ड तथा डिसीका २५ बर्षिय स्कट रोबर्सन लाई डकैत तथा दोश्रो श्रेणीको आक्रमणको आरोपमा लगाई प्रक्राउ गरिएको छ ।

मेक अमेरिका ग्रेट एगेन अर्थात् ‘अमेरिकालाई फेरी महान बनाऔ राष्ट्रपति डोनाल्ड ट्रम्प को चुनावी नारा हो भने उनले सन् २०१६ मा आफू राष्ट्रपतिको उम्मेदवार बन्दै गर्दा यो नारा सहित टोपीको अवधारणा ल्याएका हुन् । यसै गरि सन् १९८० मा स्व अमेरिकी पुर्व राष्ट्रपति रोनाल्ड रेगनले पनि यस्तै अमेरिकालाई फेरी महान बनाऔ भन्ने चुनावी नारा ल्याएका थिए ।

समाचार श्रोत ; डब्लुटिओपी डटकम

प्रतिक्रिया