प्रियंका र दिलीप पहिलो पटक पशुपतिमा सुनैको गजुरमा (भिडियो सहित )

इनेप्लिज २०७६ वैशाख २ गते १०:३७ मा प्रकाशित

काठमाडौं– नेपाली चलचित्र उधोगकी चर्चित अभिनेत्री प्रियंका कार्की र अभिनेता दिलिप रायमाझीले पहिलो पटक एकसाथ अभिनय गरेको नयाँ भिडियो नयाँ वर्षको दिन सार्वजनिक गरिएको छ । ‘पशुपतिमा सुनैको गजुर’ गीतको हो ।

दुर्गा खनाल घिमिरेले लेखेको यो गीतमा प्रताप दास र मेलिना राईले स्वर दिएका छन् । वसन्त सापकोटाको संगीतमा तयार भएको गीतको भिडियो चाहिँ भोजपुरी फिल्ममा एक्सन निर्देशनबाट नाम कमाएका चन्द्र पन्तले निर्देशन गरेका हुन्

संसार माया प्रेममा अडेको छ, त्यहि माया प्रेमले गर्दा अहिले हामी यहाँ छौं भने जव त्यो माया प्रेमको प्रस्फुटन हुने बेलामा कान्छा कान्छीको माया कति मिठो हुन्छ अनि कर्के नजरले कसरी लठ्ठ वनाउछ भन्ने गीत र म्युजिक भिडियो मार्फत देखाईएको छ ।

अभिनेता दिलिप प्रियकां कार्कीका छुटाछुटै धेरै म्युजिक भिडियो बजारमा आए पनि यो जोडीलाई नयां म्युजिक भिडियोमा छमछमि नाच्ने र नचाउने गित र संगितमा पहिलो पटक पशुपतिमा सुनैको गजुरमा गीतमा देख्न सकिन्छ ।

नेपाल आईडलमा लोकप्रिय बनेर दर्शक श्रोताको मन जितेका प्रताप दास र नेपाली गीत गायिका मेलिना राईले स्वर दिएकी छन् । गीतमा बसन्त सापकोटाले संगित दिएका छन् । भिडियोलाई गंभिर बिष्ट ले कोरियोग्राफी गरेका छन भने डी फोर क्रियशनले म्युजिक भिडियोलाई युटुव च्यानल मार्फत नयांँ २०७६ कोअवसर पारेर सार्वजनीक गरेको छ ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला

प्रतिक्रिया