आजको राशिफल

इनेप्लिज २०७६ वैशाख १ गते २०:२४ मा प्रकाशित

मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन मनग्य अनुकूल नभएको महसूस हुनसक्ने छ । मनमा संकोचित विचारले प्रसय पाउने र छरछिमेक–साथीभाई तथा सहकर्मी कसैसँग मनमुटाव हुनसक्ने सम्भावना छ, सावधानी आवश्यकता पर्नेछ । बरु नसोँचेको तर्फको काम बनी उपलब्धि भने हात लाग्ने छ । सत्नियतबाट संघर्षको सामना गर्ने तथा दृढ रहनाले अल्मल्याहट् र अबरोध बाबजुत सफलता एवम् व्यवसायबाट लाभ हातपार्न सकिने छ । ॐ घृणिः सूर्याय नमः मन्त्र जपेर कार्यक्षेत्रमा निस्कनु हितप्रद हुनेछ ।

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आज सामान्यतया अनुकूल नै मान्न सकिन्छ । सामान्य कामकार्य ठिकै रुपमा चल्ने छन् । शारीरिक उर्जामा बृद्धि हुने तथा स्वास्थ्यमा सुधार आउनेछ । रोकिएर रहेका कामहरु अघि बढ्ने छन् भने नयाँ कामको विषयमा पनि विचार विमर्श हुनसक्ने छ । खेलाडीहरुको लागि पनि समय उपयुक्त देखिएको छ भने अन्य प्रतिस्पर्धी काममा पनि अग्रता हासिल गर्न सकिनेछ । स्वजनहरुबाट पनि साथ एवम् सहयोग पाउन सकिनेछ । भैरवदेवको श्रद्धाभक्तिले महत्त्वपूर्ण काम सम्पादन गर्न मद्दत गर्नेछ । ॐ घृणिः सूर्याय नमः मन्त्र जप गर्नु हितकर रहनेछ ।

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आज अनुकूल देखिएको छ । बोलीव्यवहारले मान्छेको मन जित्न सकिने छ । व्यवसायिक कार्यमा प्रगति हुने देखिएको छ । समाजिक कार्यमा संलग्न हुने मौका मिल्नसक्ने छ । नाता–कुटुम्बिक सम्बन्ध बढ्ने छ । ढुकुटी बढ्ने छ । आज तपाईलाई दुई अंक, सेतो रंगको प्रयोग शुभ रहने छ भने भगवान रामको सेवाआराधना गर्नु शुभदायक हुनेछ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन शुभकर देखिएको छ । शारीरिक आकर्षण एवम् मानप्रतिष्ठा बढ्नेछ । व्यवसायबाट धनलाभ हुने एवं भौतिक सुख र आफन्तजनबाट प्रशंसा पनि प्राप्ति हुनसक्ने छ । मिष्ठान्न भोजनको अवसर मिल्ने छ भने मनोरम वातावरण जुट्ने छ । सामाजिक सेवा सहयोग गर्नु पर्ने तथा जिम्मेवारी थपिनसक्ने छ । औपचारिक कार्यक्रम आदिमा सरिक हुन पाइनसक्ने छ । नयाँ लगानीको प्रस्ताव आउनसक्ने सम्भावना देखिन्छ । आज तपाईले पितृको नाममा गरीब दीनदुःखीहरुलाई भोजन खुवाउनु वा दान दिनु विशेष शुभकर हुनेछ ।

सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन सामान्यतया संघर्षकर प्रतित हुनेछ । हतारिदा अपव्यय–नोक्सानी नै बढ्ने भएकोले व्यवहारिक कामकार्यमा धैर्यधारण र संयम एवं साबधानी अप्नाउनु बुद्धिमानी हुनेछ । आकस्मिक रुपमा खर्च बढ्ने, काममा दिग्दारी हुनसक्ने, शत्रुहरुले कमजोरी खोज्ने, हतार गर्दा झन खति बढ्नसक्ने छ, संयमित रहनाले र आफ्नो कार्यक्षेत्रमा रत् रहनाले आकस्मिक लाभ हुनसक्ने छ । चुनौति बढ्नसक्ने सम्भावना रहेपनि आत्मबल नगिराई दृढ रहनाले खासै नसोँचिएको काम बनेर उपलब्धि एवं सफलता मिल्नेछ । आज तीन अङ्क, पहेंलो रङ्गको प्रयोग र भगवान सूर्यको उपाशना गर्नु तपाईँको लागि शुभप्रद हुनेछ ।

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन सामान्यतया आम्दानी बढ्ने तर अपेक्षा गरे अुनुसारको लक्ष्यपुग्न कठिन पर्नसक्ने ग्रहगोचर परेको छ । औपचारिक भेटघाट हुने र कमिकमजोरी ढाकछोप गर्नसकिने छ । केही हद्सम्म दैनिकी तथा ससाना व्यवसायिक कार्यमा प्रगति हुनेछ । केही संघर्ष तथा अड्चनबावजुत पनि आम्दानी गर्नसकिने छ । मान–सम्मान–पदप्रतिष्ठा एवम् जिम्मेवारी लिन पर्नसक्ने र विद्यार्जनका लागि उपयुक्त दिन रहने छ । व्यवहारिकता, भेट्दर्शन आदिमा समयको सदुपयोग गर्नु उचित हुनेछ । आज तपाईले ॐ घृणिः सूर्याय नमः भन्ने मन्त्र जप गरी कार्यक्षेत्रमा निस्कनु शुभकर हुनेछ ।

तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन सफलता प्रद छ । मानसान बढ्ने र केही लाभ एवम् सफलता पनि मिल्ने छ । जनसंपर्क बढ्ने र तुलनात्मक रुपमा केही सहज वातावरण सृजना हुनेछ । केही महत्त्वाकांक्षी योजनाको बारेमा मानसिक चिन्तन तथा सरसल्लाह एवम् विचारविमर्श हुनसक्नेछ भने भविष्यको लागि आश्वासन पनि मिल्नसक्ने छ । औकात अनुसारको पदप्रतिष्ठा र जिम्मेवारी मिल्नसक्ने छ । आज तपाईले मान्यजनको दर्शनभेट् गर्नु फापकर एवं कृपाप्रद हुनेछ ।

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन लाभकर हुनेछ । कामकार्यमा प्रगति हुनेछ । सहयोगीहरू थपिने छन् । आस्तिक विचार बढ्ने, धर्म–अध्यात्म विषयमा आइरहेको द्वन्दबाट पारपाउन सकिने, सत्सङ्गको मनस्थिति बन्ने छ । दाम्पत्यजीवन तथा प्रेमप्रसङ्गमा मधुरता बढ्ने छ । स्वजनहरुसँग भेटघाट हुनसकिने छ । जनव्यवहारमा उदारता तथा सहानुभूतिजन्य विचार बढ्ने । आज तपाईलाई नौं अङ्क, पहेंलो रङ्गको प्रयोग र भगवान नारायणको स्तुति आराधना विशेष शुभकारक हुनेछ ।

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन त्यति अनुकूल मान्न नसकिने देखिएको छ । ग्रहको प्रतिकूल अवस्थाले यहाँको स्वास्थ्यमा प्रभाव गर्नसक्ने छ । कार्यक्षेत्रमा पनि संघर्ष बढ्ने तथा अबरोध सृजना हुनसक्ने सम्भावना रहेकोले होसियारी अप्नाउन जरुरी देखिन्छ । संयम नगुमाई धैर्य गर्नाले सम्भावित खतरा टार्नसकिने छ । आहारविहारमा सजगता अप्नाउनु होला । संघर्षको बाबजुत अनपेक्षित उपलब्धि भने हातपर्ने देखिन्छ । आठ अंक, रातो रङ्गको प्रयोग आज तपाईको लागि उपयुक्त रहनेछ भने आफ्नो इष्टदेवको श्रद्धाभक्तिलाई बढाउनु विशेष हितकर हुनेछ ।

मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन दिनभरी विभिन्न सांसारिक एवं रोमान्सको वातावरण आदिले एकखालको रजगुणको दिनचर्या बन्नसक्ने छ । जीवनसाथी वा प्रेमीको सहयोग मिल्ने र व्यवसायिक तथा पेशागत कार्यको उन्नति हुनेछ । पारिवारिक सामाञ्जस्यता बढ्ने र आमोद–प्रमोदपूर्ण दिन चर्या व्यतित हुने देखिन्छ । ससुराली आदिबाट मानसम्मान मिल्ने तथा लौकिक उन्नति गर्नसकिने छ । विशेष स्थानको यात्रा हुनसक्ने पनि गोचरयोगले लक्षित गरिरहेको छ । सात अंक, सेतो रंगको उपयोग र ॐ घृणिः सूर्याय नमः भन्ने मन्त्र जप गरी कार्यक्षेत्रमा प्रवेश गर्नाले थप हितप्रद हुनेछ ।

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन पुरुषार्थकर रहने छ । महत्त्वपूर्ण गन्तव्यचुम्न सकिने छ । पराक्रम बढ्ने छ । शारीरिक बल बढ्ने, शत्रु मुकाविलामा वियजी भइने, आँटेताकेको काम अगाडि बढ्ने देखिन्छ । व्यापार व्यवसाय तथा पेशाकर्ममा सफलता र लाभ मिल्ने छ । समर्थक बढ्नेछन् । यात्रा योजनाको पनि सम्भावना देखिएको छ । आज तपार्यलाई छ अंक, हरियो रङ्गको उपयोग र दीनदुःखीको सेवा गर्नु शुभकर हुनेछ ।

मीन राशि
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन ज्ञानविवेकको सदुपयोग गर्नसकिने र प्रशंसा मिल्ने रहेको छ । विद्यार्थीको लागि बढी उपयोगी दिन रहनसक्ने छ । प्रतिष्ठा र छविको बचस्व स्थापित गर्नसकिने छ । दार्शनिक तथा सैद्धान्तिक पक्षमा खरो उत्रनसकिने छ । कर्मक्षेत्र तथा व्यवसायबाट आर्थिक लाभ हुनेछ । बुद्धिको चलख्याईले पे्रमि तथा प्रेमिकालाई आकर्षण गर्न सकिनेछ । आज तपाईलाई पाँच अंक, रातो रङ्ग फापकर हुनेछ भने शिक्षाक्षेत्रलाई सहयोग गर्नु पूण्यकर हुनेछ ।

प्रतिक्रिया