केन्यामा १२ नेपाली महिलाहरु पक्राउ

इनेप्लिज २०७५ चैत ३० गते १६:५९ मा प्रकाशित

केन्याको मोम्बासा काउन्टीको न्यालीबाट १२ नेपाली महिलाहरुलाई पक्राउ गरेको छ । अप्रिल १३ का दिन प्रहरीले छापा मार्ने क्रममा न्याली स्थित रंगिला बार ( मधुशाला चमेनागृह )बाट उनिहरुलाई पक्राउ गरेको स्थानीय पत्रिकामा समाचार छ ।

उक्त मधुशालामा गैर कानुनी रुपमा अन्तरराष्ट्रिय महिला बेचबिखन संगठित समूह (सिन्डिकेट) सकृय रहेकोले उक्त मधुशालामा छापा मारिएको प्रहरीले जनाएको छ ।

यसै शिलशिलामा चमेनागृहका संचालक असिफ अमिराली अलिभाई जेजेठालाई प्रकाउ गरिएको छ ।  उनि संग क्यानडाको राहदानी भएको प्रहरीले खुलाशा गरेको छ ।

प्रहरीका प्रमुखका अनुसार महिला बेचबिखन को शंकामा उनीहरुले अन्य यसलाई निर्मूल पार्ने समूह संग काम गरि रहेको बताएका छन् । यस कामको लागि बिगत २ हप्ता देखि अनुगमन गरि रहेको बताएका छन् ।

प्रहरीका अनुसार नेपाली १२ महिलाहरु कसरी केन्या आए भन्ने बिषयमा आश्चर्य रहेको बताएका छन । यो भन्दा अगाडी पनि मानव बेचबिखन को बिषयमा ५ जनालाई प्रकाउ गरिएको छ ।

प्रतिक्रिया