बिहीबार, असार १० २०७८
काठमाडौं ००:५७
वासिङटन डिसी 15:12

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) डिसी मेट्रो च्याप्टरको निर्वाचन परिणाम र यसको बैधानिकताको प्रश्न ?

नारायण अधिकारी (आजीवन सदस्य) २०७५ चैत ३० गते ११:३२ मा प्रकाशित

 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) डिसीले नयाँ कार्यकालका लागि निर्वाचन गराई परिणामको घोषणा समेत गरेको छ र यसको वैधानिकताका बारेमा प्रश्नहरू उठेका छन् । खासमा अनेसास डिसी च्याप्टरले गराएको भनिएको निर्वाचन दुई कारणले गलत र बदरयोग्य छ ।

कारण (१)
————–
अनेसास डिसीको आफ्नै विधानले तर्जुमा गरेको निर्वाचनसम्बन्धी विधिअनुसार निर्वाचन कार्यतालिका जारी नहुनु ।

यससम्बन्धी मैले यस अगाडि पनि डिसी च्याप्टरको मतदाता र आजीवन सदस्यका नाताले गलत प्रक्रिया भयो भनी विषयवस्तुको उठान गरी नियमापत्ति गरिसकेको छु जसलाई मैले यहाँ जस्ताको तस्तै राखेको छु–
——
नियमापत्ति १ (संस्थाको नामाकरण)

संस्थाको केन्द्रीय विधान विपरीत “अनेसास वाशिंटन डिसी मेट्रो च्याप्टर”लाई “अनेसास वाशिंटन डिसी मेट्रो कमिटी” भनेर नामाकरण गरिएको छ (हेर्नुहोस्, डिसी च्याप्टर विधानको अन्तमा स्पेशल एमेन्डमेन्ट ।

**Special Amendment**
A- ………
B – …….
C- committee’s name has changed from INLS, Washington DC Metro Chapter to INLS, Washington DC Metro committee.

यो विधान विपरीत कार्य हो । अहिलेको डिसी मेट्रो च्याप्टरलाई यो अधिकार छैन । विधानको कुन धारा र नियममा टेकेर नाम परिवर्तन गरिएको हो ? यसको कारण र उद्देश्य के हो ?

नियमापत्ति २ (निर्वाचन कार्यतालिका)

निर्वाचनसम्बन्धी डिसी च्याप्टरको विधानको ७.२.१ को ३ मा उल्लेख गरिएको छ—

VII-2. Election of the Executive Committee

VII-2-1 Election Procedure
1. ……….
2. ………..
3. The notice of election should be announced at least 1 weeks prior to election and nomination should be filed within 2 weeks of the announcement.

अर्थात्, विधानअनुसार– निर्वाचनको सूचना निर्वाचन हुनुभन्दा कम्तिमा १ हप्ताअगाडि घोषणा गरिनेछ र निर्वाचन घोषणा मितिको २ हप्ताभित्र उम्मेदवारी दिन सकिनेछ । यस अनुसार निर्वाचनको घोषणा अप्रिल १ मा जारी गरेपछि १ हप्ता अर्थात् अप्रिल ८ तारिकदेखि लागु हुनुपर्नेमा २ तारिकदेखि निर्वाचन कार्यतालिका लागु गरिएको छ । के यो विधान विपरीतको कार्य होइन ? त्यसैगरी, विधान अनुसार निर्वाचन घोषणा भएको २ हप्ताभित्र उम्मेदवारी दिइसक्नुपर्ने, अर्थात् अप्रिल १ तारिक निर्वाचन घोषणा भएको मितिदेखि २ हप्ताले हुने मिति अप्रिल १५ तािरकसम्म उम्मेदवारी दिने समय हुनुपर्नेमा निर्वाचन कार्यतालिकाअनुसार अप्रिल ६ मा उम्मेदवारी दिने र अन्तिम उम्मेदवार नामावली प्रकाशन अप्रिल ११, अर्थात् ५ दिनमा गर्ने भनिएको छ । के यो विधानविपरीतको कार्यतालिका होइन ? यसबारे जवाफ माग्दा निर्वाचन अधिकारी होमबहादुर थापाको भनाइ छ, उहाँ कुनै तलवी व्यक्ति नभएको हुनाले विधानअनुसार गर्नुपर्छ भन्ने कुरा जरुरी छैन ।

नियामापत्ति ३

अनेसासको केन्द्रीय समितिसँगको सम्बन्धका बारेमा डिसी च्याप्टरको विधानमा निम्नलिखित प्रावधान छ ।

XIII. Articles of association
………
……….

We agree to adhere to the articles, bylaws, handbook, and policies of our parent organization, international Nepali Literary Society.

We will also do the following: send in annual reports for evaluation; have field investigations by our parent organization; report to our parent organization, and understand that our parent organization has control over our organization.

अर्थात् हामी हाम्रो मातृ संगठन, अन्तर्राष्ट्रि नेपाली साहित्य समाजको विधान, दफा र नीति नियमको परिपालन गर्नेछौं । र हामी यो पनि गर्ने छौं कि मातृ संगठनलाई मूल्यांकनका लागि वार्षिक प्रतिवेदन बुझाउनेछौं, …… र हामी मातृ संगठनको नियन्त्रणमा छौं भन्ने कुरामा हामी जानकार छौं ।
——
अब यहाँ मातृ संगठन अनेसास, केन्द्रको विधानसँग बाझिने गरी बनाइएको डिसी च्याप्टरको विधान गलत छ र च्याप्टरको निर्वाचन माथिको प्रतिज्ञाअनुसार स्वतः खारेज हुन योग्य छ । यस्तो खारेज हुन योग्य विधान अन्तर्गत हुन लागेको निर्वाचन प्रक्रिया नै पूर्ण रूपमा गलत भएकोले पनि यो चुनाव स्वतः गलत एवम् स्थगित हुन जान्छ र बदरयोग्य छ ।

कारण (२)
————–
“अनेसासको केन्द्रीय विधान २०१६ र निर्वाचन निर्देशिका २००८ अनुसार पनि निर्वाचन बदर योग्य”

उपरोक्त कुरा उल्लेख गरी निर्वाचन प्रक्रियामा अनियमितता भएको भनी सार्वजनिक रूपमा उठिसकेपछि अनेसास केन्द्र र बोर्ड अफ ट्रष्टीजले निर्वाचन प्रक्रिया विधान विपरीत भए/नभएको अध्ययन गर्न ट्रष्टी अध्यक्ष श्रीमती गीता खत्री, अनेसास केन्द्रीय अध्यक्ष राधेश्याम लेकाली र ट्रष्टी उपाध्यक्ष पुरु सुवेदी समेतको संलग्नतामा एउटा तीन सदस्यीय अध्ययन कार्यदल गठन गर्यो । यस कार्यदलले निर्वाचनसम्बन्धी विवाद मिलाउन चालु रहेको निर्वाचन प्रक्रियालाई स्थगित गर्न सार्वजनिक रूपमा आह्वान गर्यो । निर्वाचन स्थगनसम्बन्धी उक्त पत्रको विवरण यस प्रकार रहेको थियो–
——
“अनेसास वासिङ्टन डी सी मेट्रो च्याप्टरको निर्वाचन स्थगित गर्ने सन्दर्भमा ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डी सी मेट्रो च्याप्टरको निर्वाचनका लागि गठन भएको निर्वाचन समितिले गत मार्च ३१ मा सार्वजनिक गरेको निर्वाचन कार्यतालिका र निर्वाचनसम्बन्धी सूचनाका सन्दर्भहरुलाई उल्लेख गरी सो च्याप्टरका मतदाताहरुबाट निर्वाचन प्रकिया पारदर्शी र त्यसमा सुधार नहोउन्जेलका लागि निर्वाचन कार्यक्रम स्थगित गर्न भनी अनेसास बोर्ड अफ ट्रस्टीजमा लिखित अनुरोध आए अनुसार अप्रिल ७, २०१९ मा बोर्डअफ ट्रस्टीजका अध्यक्ष गीता खत्रीको अध्यक्षता र प्रमुख सल्लाहकार डा श्याम कार्कीको उपस्थितिमा कार्यसमितिको आकस्मिक बैठक बस्यो ।

अनेसासका वर्तमान विधान, निर्वाचन निर्देशिका र अनेसासको हातेकिताबका बुँदाहरुसित वासिङटन डीसी च्याप्टरका कतिपय धाराहरु र हाल निर्वाचन समितिले सार्वजनिक गरेको सूचना मेल नखाएको देखिएको सन्दर्भ समेतमा छलफल भयो । यस अवस्थामा हाललाई निर्वाचन कार्यक्रम स्थगित गर्न निर्वाचन समितिलाई निर्देशन दिने देहायका महानुभावहरुको संलग्नतामा वासिङ्टन डी सी मेट्रो च्याप्टरको विधान, यसका सदस्य संख्यालगायतका विषयमा विशेष अध्ययन गर्न एक तथ्य अध्ययन समिति गठन गर्ने निर्णय गर्नुका साथै सो समितिले अध्ययन प्रतिवेदन नबुझाएसम्म निर्वाचनका सबै कार्यक्रम हाललाई स्थगित गर्न केन्द्रीय कार्यसमितिलाई निर्देशन दिने निर्णय गरेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ ।

निर्वाचनको प्रक्रिया सच्याई निर्वाचन गराउन अनेसास केन्द्रीय कार्यालयबाट निर्वाचन समितिलाई पत्र पठाइ सकिएकोले सो पत्रअनुसार निर्वाचन स्थगित नभएको अवस्थामा निर्वाचनको परिणाम अनेसासको विधान २०१६ र निर्वाचन निर्देशिका २००८ अनुसार रद्द हुने व्यहोरा पनि सूचित गरिन्छ ।”
——

यही विवरण राखी अनेसास केन्द्र र बोर्ड अफ ट्रष्टीजले अनेसास डिसी च्याप्टर र निर्वाचन समितिलाई निर्वाचन स्थगन गर्न र यदि पत्रअनुसार निर्वाचन स्थगित नभएको अवस्थामा निर्वाचनको परिणाम अनेसासको विधान २०१६ र निर्वाचन निर्देशिका २००८ अनुसार रद्द हुने व्यहोरा उल्लेख गरी पत्राचार गर्यो । तथापि डिसी च्याप्टरले पत्रको अवज्ञा गर्दै निर्वाचन प्रक्रिया रोकेन र एकतर्फी रूपमा अप्रिल ११ तारिकमा निर्वाचन परिणामसमेतको घोषणा गर्यो । पछिल्लो विवरणअनुसार अनेसास डिसी च्याप्टरले निर्वाचित गरिएको भनिएको समितिलाई शपथ ग्रहणका लागि अप्रिल १४ तारिकको मिति तोकी सार्वजनिक सूचना जारी गरेको छ ।

तसर्थ, माथि कारण (१) र कारण (२) नम्बर बुँदामा उल्लेख भएअनुसार अनेसास डिसी च्याप्टरले घोषणा गरेको निर्वाचन परिणाम गलत र अवैधानिक छ ।

अब अगाडिको बाटो के ?

अब यो मुद्दा केवल डिसी च्याप्टरको निर्वाचन परिणाम घोषणासँग मात्र सीमित रहेन । माथिका विवरणअनुसार यसले अरु केही थप प्रश्नहरू जन्माएको छ । जसलाई म यहाँ बुँदागत रूपमा उठाउन गइरहेको छु ।

(१) अब यहाँ, अनेसास केन्द्र र बोर्ड अफ ट्रष्टीजले निर्वाचनसम्बन्धी विधान, निर्वाचन कार्यतालिका एवम् अनेसास केन्द र डिसी च्याप्टरको विधान बाझिन गएको कारणले सो नसच्याउन्जेल निर्वाचन स्थगित गर्न दिएको स्पस्ट निर्देशनको पालना नगरी डिसी च्याप्टरले निर्वाचन अघि बढाई घोषणा गरेको निर्वाचन परिणामको बैधानिकता के हो ?

(२) यसै गरी, यदि डिसी च्याप्टरको यो निर्वाचन परिणामलाई केन्द्र वा बोर्ड अफ ट्रष्टीजले कुनै कारणवश मान्यता दिए भने माथि उल्लिखित अनेसासको केन्द्रीय विधान २०१६ र निर्वाचन निर्देशिका २००८ को औचित्य के हुनेछ ? र यसैसँग जोडिएको “निर्वाचन अघि बढाएको खण्डमा निर्वाचन परिणाम रद्द हुने” भन्ने व्यहारोका अर्थ के हुने ?

(३) यी र यस्ता केही बैधानिक, नीतिगत र प्रक्रियागत विषयवस्तुहरूमाथि भएका उल्लंघनलाई समयमा सम्बोधन नगर्ने हो भने अनेसासले आफ्नो विधानको संरक्षण कसरी गर्नेछ ? अनेसासले केन्द्रको अधिकार र च्याप्टरमाथिको केन्द्रीय नियन्त्रण कसरी पुस्टी गर्दछ ?

(४) डिसी च्याप्टरलाई आधार बनाएर भोलि अन्य च्याप्टरले आफ्नो खुसीले गलत कदम चाल्दै गए भने त्यस बेला आउन सक्ने सम्भावित समस्याको लागि आज एउटा स्पस्ट नजीर स्थापित गर्न सक्ला ?

(५) विधान र निर्वाचन निर्देशिका र परिपत्रको अवज्ञा गर्ने व्यक्ति, सदस्य, आजीवन सदस्य, कार्यकारी सदस्य वा च्याप्टरलाई अनुशासनको कार्वाही गर्ने कि नगर्ने ?

(६) यी र यस्ता समसामयिक जिज्ञासाहरूको स्पस्ट जवाफ दिई समस्याको उचित सम्बोधन हुन सकेन भने वर्तमान अनेसास केन्द्र र बोर्ड अफ ट्रष्टीजले आफ्नो औचित्यलाई भविष्यमा उदाहरणको रूपमा कसरी स्थापित गर्ला ?

अनेसासको एक आजीवन सदस्यका नाताले विश्वभर छरिएका रहेका अनेसासका सम्पूर्ण आजीवन सदस्यको प्रतिनिधित्व गर्दैै अनेसास केन्द्रीय समिति र अनेसास बोर्ड अफ ट्रष्टीजलाई म यी तमाम प्रश्नहरूको जवाफ माग्न चाहन्छु । धन्यवाद ।

नारायण अधिकारी (आजीवन सदस्य)
उड्ब्रिज, भर्जिनिया ।

मिति: 12th April, 2019

प्रतिक्रिया