यो वर्ष न विस्मात न हर्ष

शान्ति बस्नेत २०७५ चैत ३० गते ११:१८ मा प्रकाशित

शान्ति बस्नेत

हरेक वर्ष हरेक वस्ति–वस्तिका घर–घरमा पात्रो फेरिन्छ । तर हर मानिसहरुको जीवन फेरीदैन । पाईलाहरु उस्तै रहेका हुन्छन् । पात्रो फेरिन्छ तर काम गर्ने शैली र पात्रको व्यवहारमा केही पनि फरक पाउन आम सर्वसाधरणहरुले पाउन सकेका छैनन् । यहाँ हुनेलाई जहाँतही नहुनेलाई काहि न काहि जस्तो प्रवृति हामीहरुका दैनीक जीवनमा आइरहेको महशुस गरेका छौं । जीवनमा नयाँ वर्षसँगै नयाँ योजनाको कार्य गररने युवाहरुमा मनस्थितिमा जागर आउँछ तर के गर्नु समाज परिवर्तन गर्ने पात्रहरु पात्रो पल्टाए र विकास गर्ने वहानामा जनताहरुको भोटलाई दुरुपयोग गरि नै रहेका छन । जुन विकास गर्नलाई पात्रोले हैन पात्रले यहाँ विकृति ल्याई रहेकाछन् । यो वर्ष सुरुवातका दिनहरुमा जसरी सुशीका साथ देशले राम्रो परिवर्तनका आशाका दियो बालेको थियो तर आजका दिनसम्ममा अनेकौं बहानाहरुमा देशलाई घाटातर्फ अगाडी बढाइ रहेका हामी सबैजना साक्षी रहेका छौं । नेपाली जनताहरुले धेरै नै पात्रो फेरिसके तर परिवर्तनका नाममा समाजलाई बोझिला रुपमा अगाडी बढाई रहेकाछन् । हरेक नेपालीहरुमा निराशाका बोलिहरु बल्झि रहेका छन् निराशाको दियो झन दन्किदै गएको छ । नेताको चरित्रले गर्दा सर्वसाधरण जनताहरुको दैनीक जीवनमा सकस परिनै रहेको छ ।आशाले सगरमाथाको चुचुरो चुमी रहेको छ । तरुरके गर्नु काम गर्ने मनासाय नभएको मानवहरुले यो देशलाई विखण्डन गरी नै रहेका छन् । केही गर्लान कि जस्तो लाग्ने किसिमका नेताहरुले पनि यो देशमा सबै किसिमका समस्याहरु वल्झाएर परिवर्तनलाई अल्झाएर समाजलाई परिवर्तनको नारामा सिमित बनाएका छन् ।

युवाहरुलाई रोजगार दिने भन्ने नाममा विभिन्न सम्झौता गरे तर खै त रोजगार दैनीक हजारौंको लर्को लागेर विभिन्न देशहरुमा रोजगारीको शिलसिलामा पलायन भई रहेका छन, खै त शान्ति सुरक्षा एउटी कंचनपुरकी वालिका निर्मला पन्तको हत्यारा सम्म पत्ता लगाउन किन सकेन, अनि ३३ किलो सुन कहाँ पुग्यो अनुसन्धान त्यस्तै गरि वाइडवडि प्रकरण खै कहाँ पुग्यो किन यस्ता यो देशका घातक घटनाहरुलाई चाहि निन्दा नै नगरि चुप लागेर बस्छ सरकार ? यस्ता घटनाले कति समाजमा असर परेको छ केहि थाहा छ ? सानालाई अन्याय हुदाँ किन मौन वस्छ ? कहाँ छ सरकारको कार्य कुशलता के हो किन समाजले गर्दा पद र प्रतिष्ठामा आसिन गर्न पाउनु चानचुने कुरा हैन तर पद हुँदा वा महलमा बस्दा झुपडीका सुख दुस्ख विर्सने यो देशका रक्षक हैनन् उनीहरु त यो देशका भक्षक हुन । समाज बन्दै छ भनेर झुटको खेति गर्नेको आशामा हैन युवा हो कामलाई सम्मान र माया गरेर हामी आफैले यो देशको मुहार फेर्नु पर्छ । आउ हामी सबैले आफ्नो–आफ्नो ठाँउबाट जसरी सकिन्छ त्यसै गरी हातेकालो गरी यो देशका आम नागरिकलाई हर्ष र उमंगका साथ बाच्ने आधार बनाउ ।वर्तमानलाई सू–संगठित भई व्यवस्थित वनाउन सकियो भने भविष्यमा हामी आफ्नै देशमा काम गर्ने अवसर प्राप्त गर्न सक्छौं । त्यसैले २०७६ साललाई विशेष वर्ष र हर्षका दिनहरु भित्याउन सबै जना एकजुट हौं । २०७६ सालको हार्दिक मंगलमय शुभकामना ।

प्रतिक्रिया