एनआरएन भर्सेज म्यादी एनआरएन

नबिन बिक २०७५ चैत ३० गते १:५४ मा प्रकाशित

नबिन बिक ,एनआरएनए (गैर आवासीय नेपाली संघ), राजनीतिक अस्थिरताका कारणले, युद्दको कारणले , ब्यापार ब्यबसाय घाटा वा डुबेका कारणले वा साहुको ऋणले गाँजेको कारणले वा जीवनमा एकचोटी बिदेश हेर्ने रहरले नेपालबाट बिभिन्न समयमा उज्ज्वल भबिष्यको सपना बोकेर परदेशीएका नेपालीहरु प्रशस्तै छन ।

पैसा हुने, पावर भएकाहरु अमेरिका युरोप छिरे, पैसा नहुनेहरु र पहुँच नहुनेहरु खाडी मुलुक लगाएत मलेशिया जस्ता देशहरुमा भासिए, कसैले भाग्यले साथ दिदा राम्रै प्रगति पनि गरेका छन । कसैलाई भने महिना भरी मेहनत र परिश्रम गर्दा पनि घरको ब्यबहार र साहुको ऋण तिर्दैमा ठिक्क छ। अहिले बिश्वभरी छरिएर रहेको नेपालीहरुको कुनै आधिकारीक संख्या नभए पनि नेपालको जनसंख्याको २५ प्रतिशत नेपाली परदेशिएका छन भन्ने बिभिन्न संघ सस्थाको अनुमान छ।

यसरी छरिएर रहेका नेपालीहरुलाई एउटै मालामा गाँस्ने काम एनआरएनले गरेको छ । नेपालमा कुनै आपत बिपत परेमा वा कुनै दैवी प्रकोप आएमा सबै भन्दा पहिला यही गैर आवासीय नेपाली संघ आफ्नो सहयोगी हात बढाउन आईपुग्छ । संसार भर छरिएर रहेका नेपाली हरुले यही एनआरएनए मार्फत सहयोग गर्छन, यसरी बिदेशमा बसेर पनि नेपाल र नेपाली दाजु भाई दिदी बैनीहरुको दुख: सुखमा साथ दिन पाउदा हामी जस्ता नेपालीहरुको मन हर्ष बिभोर भएर आउछ ।

एनआरएनको एउटा नारा छ “ एक चोटीको नेपाली सधैको नेपाली “ तर एक चोटीको एनआरएन सधैको एनआरएन चै कहिल्यै हुदैन, किन ? त्यो चै मैले एनआरएनमा लागेको १२ बर्ष हुदा सम्म थाहा पाउन सकेको छैन । संसार भर जति एनआरएनको संख्या छ त्यस्को ठुलो संख्या (७५ प्रतिशत जति) नेपाली पासपोर्ट र वर्किङ भिजा धारक छन ।

तिनीहरु कुनै पनि पनि बेला करार सकिएर नेपाल फर्किनु पर्ने हुन्छ । जब उ नेपाल फर्किन्छ तब उस्को एनआरएनको स्टाटस स्वत: खारेज हुन्छ, यहा साथी साथी लडेर कत्रो तिगडमबाजी गरेर एनआरएनमा लागेको हुन्छ। आफ्नो अमुल्य पैसा र समयको लगानी गरेको हुन्छ, जब उ नेपाल फर्किन्छ तब संस्थागत हिसाबले जिरो हुन्छ । यसको बारेमा पनि संघ ले सोच्नु जरुरी छ। कामदार एनआरएन र दामदार एनआरएन हरुको छुट्टाछुट्टै एजेन्डा छन, दामदार एनआरएनहरु कामदार एनआरएनहरु माथी जहिले पनि हावी हुदै आएका छन ।

जति पनि मध्यपूर्व खाडी मलेशिया ,अफ्रिका र पुर्बी एसियामा बसोबास गर्ने नेपालीहरु छन ,उनीहरु म्यादी एनआरएन हुन । उनीहरु नेपाली पासपोर्ट बाहक हुन र उनीहरु संग जुन देशमा बस्छन त्यो देशको स्थाई बसोबास पत्र ( ग्रीन कार्ड ) पनि छैन । तर पनि उनीहरुलाई एनआरएन बनाएर ,२५ प्रतिशत एनआरएन जो युरोप अमेरिका र अन्य बिकसित देशमा बसेर ग्रीनकार्ड वा पोसपोर्ट लिएका छन । उनीहरुले फाईदा उठाउदै आएका छन, एनआरएनले कहिल्यै पनि म्यादी एनआरएनहरुको लागी कुनै कार्यक्रम ल्याउन सकेको छैन ।

जुन दिनमा नेपाल फर्किन्छ उसलाई यो संस्थाले चिन्दैन, एनआरएनहरु ( ग्रीनकार्ड र बिदेशी राहदानी बाहकहरु) खाली आफ्नै नेपाली नागरिता, लगानीको नाफा र लगानीको लागी सहजताको कुरा मात्रै उठाएका छन । आज यदि नेपाल सरकारले एनआरएनको कुनै आवाज सुनेको छ भनी त्यो ७५ प्रतिशत म्यादी एनआरएनको हुल देखाएर एनआरएन हरुले सरकारलाई झुकाएका छन दबाएका छन,आफ्नो कुरा मनाएका छन ।

तर तीनै म्यादी एनआरएन बिदेस जानु परेमा श्रम स्वीकृति लिन जादा कुनै लड़ाईको मैदानमा गएको भन्दा कम हुदैन । सबै कागजपत्र मिलेर पनि घुस खवाउनु पर्ने बाध्यता छ । यसमा पनि संघले कुनै कदम चालेको देखिदैन । एयरपोर्ट बाट बिना कुनै कारण फर्काईदा पनि संघ बोल्दैन । कुनै अरबको खाडीमा मृत्यु बरण गरेमा उसको लास महिनौ सम्म पनि नेपाल आउदैन ।

एनआरएनले आंशिक सहयोग त गर्छ तर अरु संघसंस्थाको पनि भरपर्नु पर्छ । म्यादी एनआरएन नेपाल फर्किए पछि बिदेशमा सिकेको सिप र अनुभबलाई सहुलिएत ऋण प्रवाह गरेर नेपालमा केही गर्न सक्ने बाताबरण बनाईदिनु पर्छ । नेपालमा केही नया काम गर्न खोजीएमा सरकारी झमेला र झन्झटको बर्णन गरि साध्य छैन ।

त्यस्तो अवस्थामा संघले नै पहल गरेर सहजीकरण गरिदिनु पर्छ, म्यादी एनआरएनहरुलाई काठमाडौमा चुनाबको बेलामा मासु र भात खुवाएर होटलमा राखेर भोट बैकको लागी मात्र प्रयोग नगरीयोस ।

उनीहरुले संस्थामा लगानी गरेको समय र पैसा सार्थक बनोस, उनीहरु बिदेशमा हुदा होस वा स्वदेशमा हुदा , गैरआवासिय नेपाली संघ सदैव म्यादी एनआरएनहरुको पनि साथी र सहारा बन्न सकोस यहीनै सम्पुर्ण एनआरएन तथा म्यादी एनआरएनहरुलाई नया बर्ष २०७६ को सुभकामना |

नबिन बिक ,युवा ब्यबसायी
संरक्षक, एनआरएनए, चीन

नबिन बिक

नबिन बिक लेखक तथा कबि हुन् । एनआरएनएका एक अभियन्ता हुन् ।

प्रतिक्रिया