बुधबार, साउन १ २०७६
काठमाडौं ०२:१२
वासिङटन डिसी 16:27

बाल्टिमोरमा सयुक्त रुपमा हुने एएनए तथा आन्मा सम्मेलन बारेमा समुदाय संग छलफल

विजय थापा २०७५ चैत २९ गते १:४० मा प्रकाशित

 

 

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा सयुक्त रुपमा हुने एएनए तथा आन्मा सम्मेलन बारेमा समुदाय संग छलफल भएको छ । संस्थाका पदाधिकारीहरुले बाल्टिमोरमा आयोजना गर्न लागिएको सम्मेलन बारेमा समुदायसंग राय, सल्लाह, सुझाव लिने उद्देश्यले छलफल कार्यक्रमको आयोजना गरिएको हो ।

गत बर्ष ३ वटा संस्थाहरुको आयोजनामा सयुक्त रुपमा राष्ट्रिय सम्मेलन नामक कार्यक्रम सम्पन्न गरेको थियो । त्यसलाई निरन्तरता दिदै यस पटक डिसी महानगर क्षेत्रको बाल्टिमोरमा दुई वटा संस्थाको सयुक्त आयोजनामा राष्ट्रिय सम्मेलन गर्ने तयारीको लागि समुदाय संग भेटघाट गरि सुझाव सल्लाह लिइएको छ ।

उक्त भेटघाट कार्यक्रममा सहभागीहरुले जिज्ञाशा राखेका थिए । उक्त क्षेत्रमा रहेका विभिन्न संघ/संस्थाका पदाधिकारी ,प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यकममा एएनएका अध्यक्ष मेदनी अधिकारी ,एएनए का वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारी तथा बानाका पूर्व अध्यक्ष तथा सम्मेलनका संयोजक विजय श्रेष्ठले सम्मेलन बारेमा यसका अवसर ,चुनौती र कसरी बाल्टिमोरमा हुने सम्मेलनलाई राम्रो बनाउन सकिन्छ भनी त्यसै बिषयको सेरोफेरोमा बोलेका थिए ।

साथै महा बाणिज्य दुत प्रेम राजा महत पनि उक्त भेटघाट कार्यक्रममा उपस्थिति जनाएका थिए । महतले पनि राय परामर्श र सल्लाह सुझाव दिएका थिए । कार्यक्रममा बिगतमा बाल्टिमोरमा एएनए सम्मेलन गरेका स्वयम् सेवकहरु पनि उपस्थिति रहेको थियो । पहिलो पटक समुदाय संग यसरी भेटघाट गरिएको हो ।

 

प्रतिक्रिया