शुक्रबार, असार ४ २०७८
काठमाडौं ०७:४६
वासिङटन डिसी 22:01

मिचिगनमा यसरी नेपाली नयाँ बर्ष मनाइदै

इनेप्लिज २०७५ चैत २९ गते ०:५३ मा प्रकाशित

अमेरिकाको मिचिगनमा पनि नेपाली नयाँ बर्ष मनाईने भएको छ । नेप्लिज एसोसिएसन अफ मिचिगन (एनईएम) ले नयाँ बर्ष मनाउन लागेको हो । आगामी अप्रिल १३ शनिबारका दिन मिचिगनको विक्सम शहरमा नया बर्ष मनाउन लागिएको त्यही शहरमा व्यवसाय गर्दै आएका ब्यबसायी उज्ज्वल खड्काले ईनेप्लिजलाई बताए । समय राति ६ बजे देखि ११ बजे सम्म कार्यक्रम चल्ने छ ।

प्रवेश शुल्क अप्रिल ११ अगाडी सम्म २२ डलर राखिएको छ भने अप्रिल ११ पछि २७ डलर लाग्ने छ । साथै १० बर्ष मुनिका बालबालिकालाई निशुल्क प्रवेश शुल्क हुने छ ।

कार्यक्रम विक्सम कम्युनिटी सेन्टरमा हुनेछ । उक्त रकमले संगीत ,रात्री भोजन साथै पेय पदार्थ समेत प्रदान गरिने छ ।

प्रतिक्रिया