एनआरएन अमेरिकाको निर्वाचनमा ईन्जाको अनुगमन- सवैवाट सराहनीय कार्य भन्दै प्रसंसा

इनेप्लिज २०७५ चैत २९ गते ०:३१ मा प्रकाशित

अन्तराष्ट्रीय नेपाली पत्रकार संघ- ईन्जाले आफ्नो नियमित मासिक बुलेटिन अन्तर्गत अप्रील महिनाको “ईन्जा बुलेटिन” सार्वजनिक गरेको छ।

एनआरएन अमेरिकाको आसन्न निर्वाचनलाई विगत केहि महिना देखि अवलोकन र अनुगमन गर्दै आएको ईन्जाले सम्वन्धित विज्ञहरूको सहयोगमा आफ्नो अनुगमन कार्यलाई अगाडि बढाउदै निर्वाचनका गतिविधि सम्वन्धि दश वुंदामा अनुगमन गरिने हुंदा सो वारेमा आवस्यक जानकारी र सुचना प्रदान गर्न अमेरिकामा बसोवास गर्ने सवैलाई अनुरोध गरेको छ। ईन्जाको यस कार्यलाई सर्वत्र सराहनीय कार्य भन्दै प्रसंसा गरिएको छ।

एनआरएन अमेरिकाको निर्वाचन अनुगमन सम्वन्धि ईन्जाबाट अप्रिल १०, २०१९ मा जारी बुलेटिनको सार:

ईन्जाको अनुगमनमा सूचना/प्रतिक्रिया दिएर सहयोग गर्न अनुरोध !

अप्रिल १० , २०१९ । अन्तराष्ट्रिय नेपाली पत्रकार संघ (ईन्जा) ले सम्बन्धित क्षेत्रका विज्ञहरुको संलग्नता र सहयोगमा एनआरएनए अमेरिकाको सदस्यता वितरण, त्यसकालागि मॉग गरिएको आईडी (अत्यन्त निजी तथा व्यक्तिगत विवरण), यसलाई लिएर भएको मत मतान्तर, आलोचना, सदस्यता भेरिफिकेसन प्रक्रियादेखि लिएर आसन्न एनआरएन अमेरिकाको चुनावसम्मका विविध गतिविधिहरु, निर्वाचन आयोगले लगाएको आचारसंहिता, उम्मेदवारहरुले गर्ने चुनाव प्रचार प्रसारको तौरतरीका, आचार संहिताको परिपालना, साथै विविध ईथिकल गतिविधिहरुको एक स्वतन्त्र अनुगमन गरिरहेको ब्यहोरा सवैमा जानकारी गराउन चाहन्छौं ।

हाम्रो स्वतन्त्र अनुगमनको दायरामा देहाय बमोजिमका पक्षहरु समेटिने छन्-

१. सम्बन्धित विषयमा समाचार वा विचारको प्रवाह, आसन्न एनआरएनएको निर्वाचनका लागी प्रत्यासी उम्मेदवार तथा सस्थासँगको झुकाव लगायतका बिषयमा सवै मिडिया र यिनले गरेका प्रचार प्रसारका सामाग्री , तिनको स्वरुप, आसय र सापेक्षताको विश्लेषण ।

२. एनआरएनए कार्यसमिति, सल्लाहकार समिति, एनआरएनए स्टेट च्याप्टरहरु, पदाधिकारीहरु र सवै उम्मेदवारहरूका निर्णय, विचार संप्रेषण र घोषणा पत्र एवं चुनावी आयब्यय लगायत विविध गतिविधि !

३. एनआरएन आईसीसी र एनआरएन अमेरिकाको चुनावी आचारसंहिताको परिपालनाको अवस्था।

४.उम्मेदवार वा विविध पक्षबाट हुनसक्ने राजनीतिक प्रभाव, गुटबन्दी र अस्वस्थ्य अभ्यासको ।

५.अमेरिकी स्थानीय र केन्द्रीय कानून र संबैधानिक अधिकारहरुको परिपालनाको पक्ष ।

६.मतदाताको सदस्यता लिन पाउने अधिकार र स्वतन्त्र रुपमा मतदान गर्न पाउने अधिकारको पक्ष ।

७.कार्यसमिति वा पदाधिकारीबाट विधान वा आचारसंहिता परिपालना भए नभएको पक्ष ।

८.चुनावी अभ्यासको दौरानमा कुनै प्राविधिक, व्यवहारिक वा प्रक्रियागत समस्या खडा भएमा त्यसको निरूपणमा गरिने निदानको पक्ष ।

९.समग्र चुनावी प्रक्रियाको पारदर्शीता र वैधानिकताको पक्ष ।

१०.अपनाईएका अति सकारात्मक र अनुकरणीय पक्षलाई डकुमेण्ट गर्नु पर्ने जरुरी । साथै विधि विधान र आचार संहिता विपरितका गतिविधिलाई पनि डकुमेण्ट गरिनु पर्ने आवस्यकता ।

यो अनुगमन र अनुसंधान कार्य पूर्णत: स्वतन्त्र र सन्तुलित हुनेछ । केही समय अघिनै हामीले यो अनुगमनको सूचना जारिगरिसकेको हुंदा हामीलाई माथिउल्लेख गरिएका विविध विषयमा सूचना आउने क्रम जारी रहेको छ ।

हाम्रो यस स्वतन्त्र अभियानलाई सहगोय र सदभाव राखी सुचना तथा जानकारी पठाउनु हुने सबैमा ईन्ज्जा कमिटी एकमुष्ठ धन्यबाद दिदै यदि तपाई पनि ईन्जाको यस स्वतन्त्र अनुगमनमा सहयोगी हुन चाहानु हुन्छ भने आफ्नो सूचना हाम्रो आधिकारिक इमेल [email protected] वा https://injaglobal.org/monitoring-activities#2fb264c4-fd04-49d7-a81d-d109e9afcec7मा गएर पनि पठाउन सक्नुहुनेछ !

डायस्पोराका हाम्रा नेपाली समाज र संस्थाहरुको संचालन गैर राजनीतिक, गैर नाफामूलक, पारदर्शी होस र नेतृत्व सत्प्रतिशत जवाफदेही एवं सेवामुखी होस् भन्ने अभिप्रायले यो कठीन अध्ययन र पेचिलो कामको शुरूवात हामीले गरेका छौं । यो अनुसन्धान एनआरएनको लागि अहिलेलाई एेना देखाउने र भोलिलाई सुधार गर्दै जाने ठूलो अवसर पनि हुनेछ । ईतिहासमा गएर यस डकुमेण्टले ठूलो महत्व राख्ने विश्वास पनि हामीले लिएका छौं ।

अनुगमन र अनुसन्धान समूहले प्राइभेसी एक्ट, ब्यक्तिगत र प्रेस स्वतन्त्रताका सीमा र दायरालाई उच्च महत्व दिने विश्वास दिलाउछौं । एक जनाले कन्फिडेन्सियल रूपमा दिएको सूचना अर्को जनालाई कुनै पनि हालतमा शेयर गरिने छैन।

हाम्रो अनुगमनको प्रतिवेदन सार्वजनिक भएपछि यसले तत्कालिन रुपमा र भोलि दीर्घकालीन रुपमा पनि समस्याको समाधान गर्दै आदर्श प्रक्रिया, विधि र पद्धति स्थापित गर्न मद्दत पुग्ने कुरामा हामी विश्वस्त छौं ।

सहयोगका लागि सवैमा धन्यवाद तथा आभार!

धन्यवाद !

ईन्जा मुख्यालय , वाशिंगटन डिसी।

प्रतिक्रिया