आइतबार, जेठ ५ २०७६
काठमाडौं २२:१४
वासिङटन डिसी 12:29

अमेरिका मेरिट बेस्ड इमिग्रेसनमा जाँदै

डिभी र चेन माईग्रेसन समाप्त गर्ने प्रस्ताव सिनेटमा

यादवराज जोशी २०७५ चैत २८ गते २०:०२ मा प्रकाशित

 

यादवराज जोशी,अमेरिकाको सत्तारुढ दल रिपव्लिकनका सांसदहरुले माथिल्लो सदन योग्यतामा आधारित (मेरिट बेस्ड) इमिग्रेसनलाई प्रमुखता दिइएको विधेयक बुधबार पेस गरेका छन् । सिनेटर टोम कटन, डेभीड प्रुडे र जोस ह्वालीले उक्त विधेयक पेस गरेका हुन । योग्यतामा आधारित इमिग्रेसन राईज विधेयकलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन गरेको छ ।

अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा उक्त विधेयक फ्लो्रिडाका सांसद फन्सीस रोनीले पेस गर्ने कार्यक्रम छ । राईज विधेयकले डिभी चिट्ठा कार्यक्रम समाप्त गर्ने, परिवारले स्पोन्सर गर्ने चेन माईग्रेसनलाई अति नजिकका नातामा सीमिति गर्ने, शरणार्थी आगमनलाई वार्षिक ५० हजारमा सिमित गर्ने प्रसातव गरिएको छ ।

यसैगरी यो विधेयकले विद्यमान सबै प्रकारका रोजगारमा आधारित इमिग्रेसनलाई हटाएर मेरिट (योग्यता) मा आधारित इमिग्रेसन लागू गर्नेछ । यसबाट शीप भएका, उच्च योग्यता भएका र राम्रो अंग्रेजी भएका व्यक्तिको अमेरिका आगमन सजिलो बनाउने छ । सिनेटमा यो विधेयक पेस गर्दै कटनले भनेका छन्, “यो विधेयकले ह्वाईट हाउसले चाहेको मेरिट बेस्ड पद्धति समावेस छ । यसले अमेरिकी सपना देख्ने दक्ष व्यक्तिको माईग्रेसनलाई सहज बनाउने छ ।”

विद्यमान इमिग्रेसन कानुनहरु पुरानो र अहिलेको आवश्यकता पुरा नगर्ने भएकोले राईज विधेयकमा सबैको समर्थन हुने अपेक्षा आफुहरुले राखेको प्रस्तावकले बताएका छन् ।

स्रोतः एजेन्सीहरु

प्रतिक्रिया