ईजरायलमा बेन्जामिन नेतानयाहु पाँचौ पटक प्रधानमन्त्रि

इनेप्लिज २०७५ चैत २७ गते २३:०८ मा प्रकाशित

ईजरायलमा बेन्जामिन नेतानयाहु पाँचौ पटक बिजयी भएका छन् । भ्रष्टाचारको आरोप खेप्दै गरेता पनि उनको बिजयी भएको छ । उनले आफ्ना सशक्त प्रतिद्वन्धि उम्मेद्वारलाई हराउदै ५ औ पटक प्रधान मन्त्री पदमा बिजयी भएका हुन् ।

अप्रिल १० बुधबारका दिन उनि बिजयी भएको आधिकारिक घोषणा भएको हो । गत अप्रिल ९ का दिन मंगलबार नै संचार माध्यमले नेतानयाहु बिजयी भएको समाचार पनि प्रकाशित गरेका थिए ।

पाचौ पटक बिजयी सहित कृतिमान कायम गरेका छन् । उनका प्रतिद्वन्द्धि सेनाका पूर्व प्रमुख बेन्नी गाञ्जले निर्वाचनको परिणाम स्वीकार गर्दै नेतानयाहुलाई बधाई दिएका छन् । उप बिजेता बेन्नी ले हामी सबै प्रजातान्त्रिक हौ । राष्ट्रको निर्णय हामी सबैले स्वीकार गर्छौ भनेका छन्

९७ प्रतिसत भन्दा ज्यादा मत गणना भै सकेको ईजरायलका संचार माध्यमले लेखेका छन् । नेतानयाहुको दलले ६५ वटा स्थान प्राप्त गरेको छ भने बेन्नी गाञ्जको दलले ५५ वटा स्थान हासिल गरेको छ ।

समाचार /तस्बिर :सिएनएन / एनबिसी सिकागो

प्रतिक्रिया