राई ईज किंगको १९ औं एल्बम दर्शन नमस्ते:-४ सार्वजनिक

बाल कृष्ण भट्ट, दरबारमार्ग २०७५ चैत २७ गते २१:२९ मा प्रकाशित

नेपालको एकमात्र लोकप्रिय तथा ब्यबसाहिक गायक राजेश पायल राई(राई ईज किंग)ले हिजो साझं दरबारमार्ग स्थित किंग्स लन्चमा एक बिसाल र भव्य समारोहको बिच आफ्नो १९ औं नयॉ एल्बम दर्शन नमस्ते:-४ सार्वजनिक गरेका छन् ।

दर्शन नमस्ते श्रृंखला अन्तर्गतको चौथो संस्करणको यस एल्बममा सात वटा गीतहरू समावेश गरीएका छन् । जसमा टाइटल गीत नै तीन वटा रहेका छन् भने अन्यमा मोहनी, केकी, तिमी विना र यी दुःखहरु बोलका गीत रहेका छन् । उक्त एल्बमका गीतहरुमा शब्दरचना क्रमश उत्तमजंग लिम्बू, डम्बर नेपाली, महेश खड्का, भद्रकला आङ्बुहाङ राई, पत्रकार विशाल हसन राई, संगीतकार बसन्त सापकोटा र टिका चाम्लिङको रहेको छ भने संगितमा उत्तमजंग लिम्बू, डम्बर नेपाली, महेश खड्का, बादल लिम्बू, सन्तोषराज, महाराज थापा र स्ब.अम्बर गुरुङको धुनहरू गुन्जिएका छन्।

कार्यक्रममा राजेशपायलले एल्बममा समाविष्ट दर्शन नमस्ते टाइटलका दुई गीत प्रस्तुत गर्नुका साथैं यस एल्बममा रहेका सहयोगीहातहरूलाई सम्मान पत्र द्बारा सम्मानित गरिएको थियो ।

संस्कृतिकर्मी तथा नेपाली नृत्य, संगीत र नाटकको क्षेत्रमा बिशेष योगदान दिएका भैरव बहादुर थापाको हातबाट बिमोचित यो एल्बममा साप्ताहिक पत्रिका र बाईबाई चाउचाउले यस यात्रासम्म राजेस पायललाई साथ दिएको प्रस्ठदेखिन्थ्यो भने दिनेश डिसीद्बरा राजेस पायलराईको मुक्तकन्ठले उच्चप्रसंसा गर्दा माहोल हर्षबिहोल देखिन्थ्यो ।

नेपाली गितसंगित इतिहासमा उत्कृष्ठ गीतहरु दिएर गायनमा सधै अब्बल रहदै आएका राजेशले यो एल्बममा पनि आफुलाई बिशेष रुपमा प्रस्तुत गरेका छन् ।उनका समकालीन गायकहरू एल्बम निकाल्न डराई रहेको अवस्थामा यसरी तामझामका साथ एल्बम निकाल्न अधि सर्नु आफैमा पनि साहसिक र नौलो माहोल थियो नै ।अझ त्यसमा पनि नयॉ गीतकार र संगीतकारको सहभागितामा एल्बम तयार पार्नु चुनौतीपूर्ण काम उनको लागि भयो नै ।

प्रतिक्रिया